|
Short Short Stories (Nepali)
विनय कसजूका लघुकथाहरु
ज्यूँदै समवेदना
सपनामा त्यो मानिस फेरि आयो । त्यो मानिस त्यही
दिन मर्छ भन्ने मलाई के थाहा ! उसले भन्यो, "बाबु, जोतिषले भनेजस्तै
भयो । म अहिले बैकुण्ठलोकमा छु । तर म यहाँ आएको कुरा कसैलाई थाहा
छैन । यसैले भोलिकै अखबारमा मेरो समवेदना छाप्नुपर्यो । रेडियो र
टीभीमा पनि सकेसम्म छिट्टै प्रसार गर्नुपर्यो । त्यसो नगरेसम्म मेरो
आत्माले शान्ति नपाउने भयो ।"
उसको कुरा टुंगिन नपाउँदै मैले प्रेसमा फोन गरेर
अखबार छाप्ने काम केही बेर रोकेर उसको समवेदना छाप्ने निर्देशन दिएँ
। ऊ ढुक्क भयो र पुरेतकहाँ जान्छु भनेर कोठाबाट बिलायो ।
तर भोलि पल्टको अखबारमा ठूलाठूला अक्षरमा फोटोसहित
यस्तो शर्ीष्ाको समाचार छापिएको थियो ः "आत्मरती शर्माद्वारा
दर्ुगम गाउँमा अस्पताल भवन बनाउन रु दश लाख दान" शर्ीष्ाक पढेर
म सपनामै हाँसिरहेको थिएँ ।
वास्तवमा, अघिल्लो दिन त्यो मानिसले मलाई मेरै
अफिसमा भेटेको थियो । मिडिया कम्पनीको सातौँ तलामा सुरक्षाकर्मी, लिफ्टम्यान,
रिसेप्सनिस्ट र बाहिर बसेको पिएको व्यवधान पार गर्दै, बिना सूचना त्यो
मानिस कसरी कार्यकारी निर्देशकको कार्यालय कोठामा आइपुग्यो - तर मैले
सोध्न नभ्याउँदै उसले कुरा थालिहल्यो ।
"जोतिषले मलाई सत्तरी वर्षन्दा बाँच्दैनौँ
भनेका छन् । हिँजोदेखि म सत्तरी लागेँ । मेरा छोराछोरी छैनन् मरेपछि
सम्पत्ति खाने उनै भतिजाहरु हुन् । बाँच्दासम्म पैसा मागीमागी हैरान
पारे । मरेपछि ठूलो भाग पाउँछु भनेका होलान् । तर उनीहरुको लागि एक
पैसा पनि छोड्दिन । मरेपछि गर्नुपर्ने शैयादान, दशदान आदि सबै दान
र काजक्रिया गराइसकेँ । पुराण पनि लगाइसकेँ । अन्त्येष्ठी र वाषिर्क
सराद गर्न चाहिने रकम बैँकमा जम्मा गरिसकेको छु । बाबु, अब तपाईँको
अखबारमा मेरो समवेदना छाप्ने व्यवस्था मिलाउनु पर्यो । कति पैसा चाहिन्छ
चिन्ता नगर्नुस् । मेरो काम हुनर्ुपर्छ ।" चेकबुक मेरो अगाडि
राख्दै उसले बडप्पन देखाउँदै भन्यो ।
ज्युँदो मानिस आफ्नो समवेदना छाप्ने अनुरोध लिएर
मेरो कार्यालयमा आएको यो पहिलो घटना थियो । वृद्धले आफ्नो उमेर सत्तरी
वर्षभने पनि उसको जिउडाल पचास वर्षो देखिन्थ्यो । दर्ुघनाको कुरालाई
बिर्सने हो भने यस्तो स्वस्थ व्यक्तिको मृत्यु सन्देश छाप्ने कल्पना
गर्न गाह्रो थियो । तर उसको निश्छल व्यवहारले कुनै षडयन्त्र वा ठट्टाको
आभास पनि दिइरहेको थिएन । उसको खुलस्त भनाइ र व्यवहारले मलाई ऊसँग
कुरा गर्न रमाइलो लाग्यो र मैले ज्युँदो मानिसको शोक सन्देश छाप्न
नमिल्ने कुरा राखेँ ।
"ज्युँदै छाप्ने कहाँ हो र ! म मर्नेबित्तिकै
हाम्रो खानदानी पुरेतले तपाइँलाई जानकारी दिनेछ । अनि मेरो यो फोटो
राखेर पूरा पेजमा मेरो जीवनी र मरेको जानकारी छापे भइहाल्छ । बरु कति
खर्च लाग्छ भन्नुस् । अहिले नै बुझाइदिन्छु ।" उसले खल्तीबाट
पोस्टकार्ड साइजको रंगीन फोटो मेरो अगाडि राख्दै भन्यो । फोटोबाट ऊ
विदेशी सेनाबाट सेवानिवृत्त भएको कुरा थाहा भयो ।
यो अलि अनौठो परिस्थिति थियो । मानव स्वभावको
यो बेग्लै पक्ष देखेर मलाई रमाइलो पनि लाग्यो । मैले साधेँ, "हुनत
तपाई यति चाँडै बित्नुहोला भन्ने मलाई लाग्दैन । तर तपाईँ बितेको खबर
सबैले थाहा पाउन् र तपाईँलाई अरुले सम्झुन् भन्ने चाहनु हुन्छ भने
हामी त्यो व्यवस्था मिलाउनसक्छौँ । एउटा व्याबहारिक समस्या के हुनसक्छ
भने तपाईँ जोतिषले भनेअनुसार सत्तरी वर्षा नबितेर असी वर्षो उमेरमा
बित्नुभयो भने त्यसबेला हाम्रो विज्ञापनको दर कति हुन्छ अहिले नै भन्न
गाह्रो छ ।..."
मेरो कुरा टुंगिन नपाउँदै उसले भन्यो, "जोतिषको
कुरा मेरो जीवनमा अहिलेसम्म कत्ति पनि फरक परेको छैन । तर तपाईँलाई
विश्वास लाग्दैन भने तपाईँले लिने रेटभन्दा डबल लिनुस्, हुन्न - दश
वर्षा विज्ञापनको रेट डबलभन्दा त अवश्यै बढ्दैन होला ।"
उसको कुरा बेमनासिब थिएन । मरेपछि अरुले उसलाई
धेरै सम्झुन् भन्ने उसको चाहना यति गहिरो होला भनेर मैले सोचेको थिइन
। मैले उसको यो आकांक्षालाई अझै हौस्याउन खोज्दै भनेँ, "यदि तपार्इँको
शोक सन्देश सकेसम्म धेरैले पढुन् हेरुन् भन्ने चाहनुहुन्छ भने अखबारमा
मात्रै किन, रेडियो र टेलिभिजनमा पनि समवेदना विज्ञापन दिनुस् न हुँदैन
-"
"हो बाबु मैलै त्यही त खोजेको हुँ । यहाँ
काम सकिए पछि रेडियो र टेलिभिजन स्टेसनमा पनि पुग्छु । लौ अब चाँडै
मलाई बिदा दिनुस् । कति रकम जम्मा गर्नुपर्छ हिसाब गरिदिनुस् ।"
उसले चेकबुकको पाना पल्टाउँदै भन्यो ।
मैले भनेँ, "अन्त जानु पर्दैन । हाम्रै एफएम
रेडियो छ । देशभरि सुनिन्छ । अनि टेलिभिजन स्टेसन पनि हाम्रो आफ्नै
छ । तपाइँको जीवनी र समवेदना रेडियोबाट सुनाउने र टेलिभिजनमा देखाउने
व्यवस्था यहीँबाट हुन्छ ।"
उसले दंग पर्दै भन्यो, "ढुंगा खोज्दा द्यौता
मिल्यो भनेको यही त होला । लौ बाबु केके गर्नुपर्छ भन्नुस् । सबैको
लागि कति खर्च लाग्छ - सबै काम यहीँबाट हुने भएपछि झँझटै हरायो ।"
मैले हिसाब गरेँ । अखबारमा पूरा पेज रंगीन छाप्न
एक लाख रुपैयाँ । उसको स्वर र जीवनी राखेर पन्ध्र मिनेटको रेडियो कार्यक्रम
बनाउन र प्रसारण गर्दा लाग्ने खर्च झण्डै एक लाख । अनि उसको जीवनी
सहितको टेलिभिजनको पाँच मिनेटको सानो कार्यक्रम बनाउन र प्रसारण समय
समेतको खर्च पाँच लाख गरी सात लाख रुपैयाँ लाग्ने हिसाब निस्क्यो र
यदि उसको मृत्यु जोतिषले भनेअनुसार त्यही वर्षा नभएर दश वर्षछि भयो
भने खर्च बढने भयो ।
उसले कत्ति पनि आनाकानी नगरीकन चेकबुकको पाना
पल्टायो र दश लाख रुपैयाँको चेक लेखेर मेरो हातमा दिँदै भन्यो, "अब
म ढुक्क भएँ । यो सम्पर्ूण्ा जिम्मा अब बाबु कै । यदि कथंकदाचित बढी
खर्च लाग्ने भयो भने मलाई फोन गर्नु होला । रेडियोमा रेकर्डिङ गर्न
र टेलिभिजनको लागि सुटिङ गर्नको लागि अनुकूल समय मिलाएर मानिस पठाइदिनु
होला ।"
जाँदाजाँदै उसले थप्यो अब म शवयात्रा र मलामीको
बन्दोबस्त गराउन अन्त्येष्ठी कार्यालयमा जान्छु । उसको कुरा सुनेर
मैले उसलाई रोकेँ । "यो सेवा पनि हाम्रै एउटा साझेदार कम्पनीले
उपलब्ध गराउँछ । तपाइँले त्यो कामको लागि छुटयाएको रकम यहीँ जम्मा
गर्नुभए हुन्छ ।"
उसले खुरुक्क चेक बुक निकालेर एक लाखको चेक काटेर
मलाई दियो र सन्तोषको सास फर्ेर्दै कोठाबाट निस्क्यो ।
२०६० असार २५ गते बुधबार विहान
-नवयुग मासिक, वर्ष१३, अंक ११, असोज २०६० को अंकमा प्रकाशित)
Back |