सामुदायिक रेडियो हाते
किताब (निर्देशिका) युनेस्कोद्वारा
प्रकाशित तथा विनय कसजूद्वारा अनुदित यो सचित्र पुस्तकको चित्रबिनाको
पाठ्य सामग्रीमात्र हेर्न र डाउनलोड गर्न
यहाँ क्लिक गर्नुस् ।
द नेट फर जर्नलिस्ट पत्रकारहरूका
लागि इन्टरनेटको उपयोग गर्न सिकाउने यो पुस्तकले आफूलाई चाहिने जानकारी,
सूचना कहाँबाट र कसरी पाउने भन्ने मात्रै सिकाउँदैन, त्यसरी पाएको
सूचनालाई कसरी मूल्यांकन गर्ने र आधिकारिकता पत्ता लगाउने भन्ने पनि
सिकाउँछ । यसमा पत्रकार आफैले ब्लग, इन्टरनेट फोन, पोडकास्टिङ (इन्टरनेटबाट
रेडियो प्रसारण) आदि संचालन गर्न पनि सिकाइएको छ । यो किताब किन्दा
सँगै एउटा तालिम निर्देशिका र सफ्टवेयरसहितको सीडी पनि पाइन्छ ।
विकासशील
देशका छापा र प्रसारण पत्रकारहरू तथा पत्रकारिताका विद्यार्थीहरूका
लागि लक्षित गरी युनेस्कोले थम्सन फाउण्डेसन र कमलवेल्थ ब्रोडकास्टिङ
एसोसिएसनसँग मिलेर तयार पारेको यो पुस्तक आफ्नो कम्प्युटरमा डाउनलोड
गर्न यहाँ क्लिक गर्नुस
यसको लागि पैसा लाग्दैन । यसको साइज 2.09 MB छ । यो किताबमा भएका
सामग्रीहरू उपयोग गर्नका लागि प्रकाशकको अनुमति लिनुपर्छ ।
हाउ टु डु कम्युनिटी रेडियो
फिलिपिन्समा सामुदयिक रेडियोका अगुवा लुइ ताबिङद्वारा लिखित तथा
युनेस्कोद्वारा प्रकाशित सामुदायिक रेडियो चलाउनका लागि आधारभूत
पुस्तक । यो पुस्तकमा भएका सामग्री उपयोग गर्दा लेखक र प्रकाशकको
अनुमति लिनुहोला । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्नसकिन्छ ।
Click here to
Download PDF
कम्युनिटी रेडियो द पिपुल्स भ्वाइस
सामुदायिक रेडियोको क्षेत्रमा गहकिलो अनुभव बटुलेको देश दक्षिण अफ्रिकाको
अनुभवमा आधारित तथा दक्षिण अफ्रिकाका ६ जना लेखकले लेखेको यो पुस्तक
सामुदायिक रेडियो स्थापना र संचालन गर्न खोज्नेहरूका लागि निक्कै उपयोगी
छ । लेखक र प्रकाशकको लिखित अनुमित नलिई पुस्तकको कुनै पनि अंशको पुनः
उपयोग गर्न सकिन्न । तर नाफा कमाउने उद्देश्य नराखी पुस्तकका केही अंश
उपयोग गर्न सकिन्छ । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्न सकिन्छ । । Click Here to Download PDF
सामुदायिक
रेडियोको विश्वभरि परेको सामाजिक प्रभावको एमार्कले गरेको अध्ययन र मूल्यांकन
हेर्नुहोस् ।
Rights
& Responsibilities of Journalists
A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with
the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
IT for Development (Articles in Nepali)
विचार/विवेचना इन्टरनेटमा हीरा कि कीरा ? विनय कसजू गोरखापत्र दैनिकमा, २०६५ असोज १ गते बुधबार प्रकाशित ।
"धेरै वर्ष पहिले तिमीहरू हातमा बाइबल लिई हामीकहा आयौ र मुक्तिको बाटो यो हो भनेर देखायौ, अनि हामी सबैलाई दास र उपनिवेश बनायौ । अहिले तिमीहरूले यो इन्टरनेट भन्ने कुरा लिएर आएका छौ । फेरि हामीलाई दास बनाउन यो अर्को चाल हो कि भने मलाई डर लागिरहेछ ।" डेनमार्कको लुजियाना आर्ट म्युजियम हलमा सन् १९९८ मे १६ मा 'अभिव्यक्ति स्वतन्त्रता र विकास' विषयमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताका लािग आधुनिक सञ्चार प्रविधि, खास गरी इन्टरनेटको महत्त्वको बारेमा एसिया र अपि|mकाका केही देशहरूको सम्मेलनमा अफ्रिकाबाट आएका एकजना प्रतिनिधिले माथिका कुरा भनेका थिए । उनको कुरा सुन्दा पहिले त मलाई इन्टरनेटको बारेमा केही नबुझेर यस्तो भनेको हो कि जस्तो लागेको थियो । कहाको इन्टरनेट कहाको बाइबल भनेर हासो पनि लागेको थियो । गोष्ठीमा इन्टरनेट सूचना र ज्ञानको अत्यन्तै उदार र प्रजातान्त्रिक माध्यम हो यसले मानिसलाई बलियो बनाउँछ र आफ्नो हित र पक्षमा निर्णय लिन बार्गेनिङ गर्न सक्षम बनाउछ भन्ने तर्क धेरैले राखेका थिए ।
मानिसलाई बलियो बनाउने मुख्य कुरा नै सूचना र ज्ञान हो । सूचनामा पहुच बढ्यो भने मानिसको शक्ति बढ्छ भन्ने कुरामा मलाई पहिलेभन्दा अहिले झन्झन् विश्वास बढिरहेको छ । त्यसमा पनि आधुनिक सूचना प्रविधिलाई बौद्धिक वस्तु उत्पादन गर्ने साधनको रूपमा उपयोग गर्नसक्यो भने भौतिक र प्राकृतिक स्रोतसाधनबाट वञ्चित देशहरूले कंगारुको चालले प्रगति गर्नसक्छन् भन्ने मलाई विश्वास छ । बुद्धि वा बौद्धिक क्षमता कुनै देश जात, वा वर्गको पेवा वा एकाधिकार होइन । हिजो हिमालमा चौरी चराउने गोठालो, तराईमा भैसीको आङमाथि बसेर गीत गाउदै रमाउने केटो अहिले अमेरिकाको सिलिकन भ्यालीमा सफ्टवेयर उत्पादन गर्दैछन् ।
नेपालभित्र पनि सफ्टवेयर उत्पादन गरेर तथा आउट सोर्सिङ व्यापार गरेर युरोपेली कामदारसरह पारिश्रमिक कमाउने युवाको सङ्ख्या नेपालमा बढिरहेको छ । वास्तवमा कोइला र खनिजको खानी नभएको र समुद्री मार्गबाट वञ्चित नेपालजस्तो देशका लागि सूचना प्रविधि एउटा अपूर्व अवसरको रूपमा अगाडि छ । तर यो भिल्लका देशमा मणि भनेझैँ यसको महत्त्व बुझ्न नसकेर मिल्काइने हो कि भन्ने डर बढिरहेको छ । बाह्रपन्ध्र वर्ष अघिसम्म नेपाल आइटीको क्षेत्रमा भारतभन्दा अघि थियो भन्ने कुरा सुन्दा काल्पनिक कथाजस्तो लाग्नसक्छ । जुन बेला पाल्पामा कम्प्युटर पुगिसकेको थियो त्यस बेला नया दिल्लीका ठूलाठूला व्यापारिक प्रतिष्ठानले कम्प्युटरको प्रयोग गर्न सुरु गरेका थिएनन् । नेपालबाट सˆटवेर उत्पादन गरेर विदेशमा निर्यात गर्नथाल्दा भारतमा त्यसको थालनी नै भएको थिएन । तर अहिले नेपालका सफ्टवेयर उत्पादन व्यवसाय टञाक्सिएको छ, केही त विदेश पलायन भइसकेको छ, र भारतका युवाले स्वदेशमै बसेर विदेशी मुद्रा कमाइरहेका छन् । भारत संसारकै सबैभन्दा ठूलो आउट सोर्सिङ गर्ने र सफ्टवेयर उत्पादन गर्ने देश बन्ने दिशामा उन्मुख छ । यता नेपाली युवा अरबका मरुभूमिका भेडा र उँट चराउन, कोरियाका कारखानामा भारी बाँध्न, सामान प्याकिङ गर्न जान तँछाडमछाड गरिरहेका छन् ।
जग्गाजमिन बढ्नसक्तैन । जमिनको उत्पादन क्षमताको पनि सीमा हुन्छ । किसानले उत्पादन गरेको अन्न एकपटकमा एकजनाभन्दा धेरैले उपभोग गर्न सक्तैन । त्यस्तै कलकारखानाले उत्पादन गरेको सामान पनि एकपटकमा एकजनाले मात्रै उपभोग गर्नसक्छ । तर एकजनाले गाएको गीत हजारौ जनाले पनि सुन्नसक्छ । सीडी वा अरू माध्यमबाट हजारौ लाखौ प्रति बनाएर बेच्न सकिन्छ । कृषि उत्पादन र कलकारखानाको उत्पादनको उपयोगकर्ताको सीमा हुन्छ तर बुद्धि र ज्ञानले उत्पादन गरेको वस्तुको उपभोक्ताको सीमा हुदैन । हलिउडमा बनेको एउटा फिल्म हजारौँ प्रति बनाएर करोडौ मानिसले एकैसाथ हेर्न, मनोरञ्जन गर्नसक्छ । सफ्टवेयर यस्तै बौद्धिक उत्पादन हो जसको उपयोगकर्ताको सीमा हुँदैन । बील गेटको सम्पन्नताको रहस्य यही हो किन भने संसारका करोडौ कम्प्युटर उनले बनाएको सफ्टवेयर बिना चल्न सक्तैन । संसारमा जसले कम्प्युटर चलाए पनि अधिकांश प्रयोगकर्ताले कुनै न कुनै रूपमा, थाहै नपाईकन, बिल गेटको खल्तीमा पैसा पठाइरहेको हुन्छ । यस्तो बौद्धिक उत्पादन नेपाली युवाले झण्डै पन्ध्र वर्षअघि थालिसकेका थिए । नेपालको भौगोलिक विषमता, प्राकृतिक स्रोत साधनको अभाव दुई ढुङ्गाबीचको तरुलको अवस्थालाई चिरेर आर्थिक समृद्धिका लागि बौद्धिक उत्पादनभन्दा अर्को राम्रो आधार केही हुनसक्तैन ।
नयाँ नेपाल बनाउने सपना देख्ने कुनै पनि नेताले सूचना प्रविधिलाई बेवास्ता गर्नै सक्तैन । गर्नहुँदैन । नेपालको आर्थिक विकासका लागि नेपाली युवालाई सूचना प्रविधिमा आकषिर्त गर्न र क्षमतावान् बनाउनु आवश्यक छ । यसका लागि सूचना र सञ्चार प्रविधिका पूर्वाधारहरूको विकास र गाउँगाउँसम्म विस्तार गर्नु अहिलेको सरकारको प्राथमिक मुद्दा हुनुपर्छ । पन्ध्र वर्षअघि नै यो काम सुरु भएको भए नेपाली युवा जंगल पस्नु पर्ने अवस्था नै आउने थिएन । न त विदेश जाने होडबाजीमै लाग्नुपथ्र्यो ।
सूचना प्रविधिले संसारलाई कम्प्युटरमा ल्याइदिएको छ । यसमा सूचना, ज्ञान र मनोरञ्जन छ । शिक्षा, रोजगारी, स्वास्थ्य, पर्यटन इत्यादि सबै कुरा यसमा छन् । यसभित्र हीरा पनि छ कीरा पनि छ । हीरा खोज्नेले हीरा पाउँछ कीरा खोज्नेले कीरा पाउँछ । अहिले नेपाली किशोर र युवा सूचना प्रविधिको दुनियाँमा आकषिर्त भएर देशभरि छरिएका झण्डै पाँच हजार, जति साइबर क्याफे र सूचना केन्द्रहरूमा झुम्मिन थालेका छन् । व्यक्तिगत रूपमा घरघरमा यसको उपयोग गर्नेहरूको संख्या लाखौँ पुगेको छ । कतिपय युवाले यसबाट आफ्नो भविष्य बनाइरहेछन् । समृद्धि कमाइरहेका छन् भने कतिपय किशोर र युवा यसमा भएका कीरा वा विकृतिहरूको सिकार हुन थालेका छन् । निश्चय नै अनलाइनबाट हुने खतरा निरन्तर बढिरहेको छ । फलस्वरूप, सूचना प्रविधिबाट हुने फाइदा उपयोग गर्न नपाउँदै यसबाट हुने बेफाइदाबाट सतर्क हुनुपर्ने अवस्था आएको छ । 'पहिलो गाँसमै झिँगा पर्यो' भनेको यस्तै होला ।
आइटीले हरेक मानिसलाई सूचना र ज्ञानको उत्पादक र वितरक हुने क्षमता दिएको छ । जसले गर्दा कम्प्युटर र टेलिफोन लाइनको सम्पर्कमा भएको कुनै पनि व्यक्तिले आफ्नो कुरा शब्द, ध्वनि, चित्र र चलचित्रमा इन्टरनेटमा राखेर क्षणभरमै विश्वव्यापी गर्नसक्छ । यही क्षमता र प्रविधि उपयोग गरेर धनपिपासु र यौनपिपासुहरूले इन्टरनेटमा फोहोरी वर्णन, शब्द, चित्र र चलचित्र राखेका छन् भने आतङ्ककारीहरूले विध्वंसक प्रविधि सिकाइरहेका छन् । अफ्रिकी प्रतिनिधिले डेनमार्कमा भनेझैँ इन्टरनेटले संसारलाई कुबाटोमा हिँडाउने सम्भावना बढिरहेको छ ।
तर, विचार गर्नुपर्ने कुरा के हो भने प्रविधि स्वयं आफैमा असल वा खराब हुँदैन । यसको उपयोग कसले र कसरी गरिन्छ त्यसैमा कुनै पनि प्रविधिको फाइदा र बेफाइदा निर्भर हुन्छ । सूचना प्रविधि पनि यस्तै साधन हो जसलाई उपयोग गर्न जान्यो भने हीरा हुन्छ, नत्र कीरा हुन्छ ।
यस्तो महत्वपूर्ण र उपयोगी साधनबाट फाइदा लिनुको सट्टा 'यो त केटाकेटी बिगार्ने साधन रहेछ' भनेर अभिभावक र आमाबाले इन्टरनेटलाई घर भित्र छिर्न नदिने निधो गरे भने वा यसबाट आफू पनि टाढा रहने र केटाकेटीहरूलाई पनि प्रयोग गर्न नदिने, साइबर क्याफेलाई डान्स रेस्टुराँजस्तो ठान्ने जनभावना निर्माण भयो भने नेपालको अगाडि आएको ठूलो अवसर गुम्ने निश्चित छ ।
इन्टरनेटमा भएका फोहोरी र विध्वंसकारी सामग्रीबाट जोगाउने उपायहरू पनि छन् । उपयुक्त चाइल्ड सेफ्टी सफ्टवेयरयुक्त ब्राउजर प्रयोग गर्ने एउटा प्रभावकारी उपाय हो । तर सबैभन्दा महत्वपूर्ण र प्रभावकारी उपाय जनचेतना र शिक्षा नै हो । बालबालिका र किशोरहरूलाई इन्टरनेट/अनलाइनको दुष्प्रभावबाट जोगाउन अभिभावकहरू पनि सचेत र शिक्षित हुनैपर्छ । प्रतिवन्धात्मक वा नकारात्मक उपायले झन विकृति ल्याउने र प्रविधिले दिएको अवसरबाट बंचित हुने संभावना धेरै हुन्छ ।
अर्को महत्वपूर्ण उपाय बालमैत्री सामग्री इन्टरनेटमा राख्नु हो । अहिले वेबसाइटहरूमा नब्बे प्रतिशतभन्दा धेरै सूचना र ज्ञानका सामग्री अंग्रेजी भाषाका छन् । भाषाको दृष्टिले मात्रै होइन, सांस्कृतिक, धार्मिक, सामाजिक, शैक्षिक आदि विभिन्न दृष्टिले पनि ती सामग्रीहरू हाम्रो लागि विराना सामग्री हुन् । तिनको उपयोग हामी सहज रूपमा गर्न सक्तैनौँ । अहिले बालबालिका र किशोरहरूले कम्प्युटर खोल्ने बित्तिकै कि त च्याट गर्न थाल्छन्, कि गेम खेल्न थाल्छन् । उनीहरूका लागि आफ्नै भाषा र संस्कृति सुहाउँदा कार्टुन, चित्र, बालसाहित्यका सामग्री भएका भए अथवा उनीहरूको विद्यालयमा पढाइने विषयका सामग्री भए पक्कै पनि उनीहरूको ध्यान च्याट वा गेमतिर जाने थिएन । बालबालिका र किशोरहरू अनलाइनमा बरालिनु र दुष्प्रभावमा पर्नुको एउटा प्रमुख कारण नेपाली कन्टेन्टको अभाव नै हो । यसैले एक्काइसौँ शताब्दीका बालबालिकालाई चाहिने विषयवस्तु उत्पादन गर्नु अहिले नेपाली अनलाइन प्रवर्द्धकहरूका लागि सबैभन्दा ठूलो हाँक र अवसर पनि हो । सूचना प्रविधिको प्रवर्द्धन गर्ने काममा लागेका निकायहरूको ध्यान जति चाँडो जानसक्यो उति बेस ।
अनलाइनको दुष्प्रभावबाट जोगिने नाममा/बहानामा हाम्रो भविष्यको पुस्ता यो उपयोगी साधनबाट वञ्चित नहोउन् भन्ने कुरामा विचार पुर्याउनै पर्छ । उनीहरूको भविष्य बिगार्ने अधिकार हामीलाई छैन । यसैले उनीहरूलाई सूचना प्रविधिको साधनबाट वञ्चित गर्नुहुदैन । अभिभावक, समाज वा सरकारले आफ्नो कर्तव्य पूरा नगर्ने त्यसको सजाय बालबालिकाहरूले र अन्ततः देशले नै पाउने हुनुहुँदैन । बालबालिकालाई अनलाइनको खतराबाट जोगाउने अभियानमा लागेका निकायहरूले यसमा विचार पुर्याउनु अति आवश्यक छ।
Interview on IT broadcast through Radio Sagarmatha
(File Type: Exe, Size: 1.16 MB) Download Now»
गाउँमा आर्थिक क्रान्तिका लागि मोबाइल फोन
आर्थिक विकासमा मोबाइल फोनको यही महत्वले गर्दा नै
चिन, भारत, फिलिपिन्स, दक्षिण कोरिया जस्ता द्रुत गतिले आर्थिक प्रगतितिर
लम्किरहेका देशहरूमा मोबाइल फोनको विकासले फडको मारिरहेको छ । ती देशहरूमा
कम्प्युटरभन्दा मोबाइल फोनको संख्या, सेवा र व्यवसाय धेरै बढिरहेको छ । अहिले
चिनमा सयकडा बीस जनाभन्दा धेरैको हातमा मोबाइल फोन छ । त्यस्तै भारतका गाउँगाउँमा
पनि मोबाइल फोन पुग्न थालेको छ ।
भौतिक पूर्वाधारको अभाव, ठूलो लगानी, सुरक्षा आदि विभिन्न कारणले गर्दा नेपालमा
गाउँगाउँमा परम्परागत तारयुक्त टेलिफोन पुर्याउनु सजिलो छैन । ताररहित सूचना
प्रविधि नै यहाँको लागि सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय हो । रेडियोले
एकतर्फी सूचना प्रवाहित गर्छ भने टेलिफोनले दुई तर्फी । यसैलै नेपालमा अहिले
बढिरहेको मोबाइल फोनलाई कृषि बजारको विकासँग जोडेर हेर्नु अति आवश्यक छ ।
बाँकी अंश»
अहिलेको विश्वमा विकास संचारको सान्दर्भिकता
भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा
गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो
तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू
घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । बाँकी
अंश»
कम्प्युटरमा नेपाली र नेपालीमा कम्प्युटर
कम्प्युटरको मनिटर, मेनु र सन्देशहरू देवनागरी लिपिमा
नेपाली भाषामा चल्ने वा देखिने नभएसम्म र नेपाली भाषामा दिएको आदेशअनुसार
कम्प्युटरले काम नगर्दासम्म अंग्रेजी नजानेका साक्षर नेपालीले कम्प्युटरको
उपयोग गर्ने सम्भावना छैन । नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि सुरु
भयो भने झण्डै आधा जनसंख्याको हाराहारीमा रहेका साक्षर नेपालीहरू कम्प्युटर
चलाउनसक्ने अवस्थामा पुग्नेछन् । बाँकी
अंश»
Community Audio Tower
Daanda Bazar, Nepal
Empowering Rural People through Communication
In the rural areas of Nepal, schoolbooks of the children, labels and wrappers
of the commercial goods and posters and pamphlets during election are
the only printed paper the people usually see. If knowledge is the fuel
for development, where is that fuel for the majority of the people of
Nepal? Read More »
Where are we in the Global Map of IT?
The main vision of the Nepalese IT Policy 2000 is to
“Place Nepal on the Global Map of information technology within
the next five year.” Where are we in that map after losing three
precious years? Read More »
What IT can do in Nepal? How can it help the poor?
Power
of IT and Its Use in Nepal is the first book that tries to address these
questions. Published in Nepali language, it explains the technical and
practical aspects of information technology and its significance for the
developing countries like Nepal.The 210 page book costs Rs. 200.
Download full Nepali text in PDF file.