|
Short Short Stories (Nepali)
विनय कसजूका लघुकथाहरु
विकास मंचमा कन्यादान
स्वस्थानीमा कुमारजी आज्ञा गर्नुहुन्छ, "हे
अगस्त्य मुनि ! जुनजस्ती सतीदेवीलाई कन्यादानमा माग्न जाँदा दक्षप्रजापतिले
नाना तरहले अपमान गरेर फर्काएपछि शिव साह्रै दुखी भए र विष्णुकहाँ
गै भने, "हे विष्णु, मेरो अझसम्म घरजम भएको छैन । जसरी भए पनि
प्रजापतिकी छोरीसँग मेरो विवाह गरिदिनु पर्यो ।"
विष्णुलाई शिवको कुरा उचित लाग्यो । उनी शिवलाई
बैकुण्ठमा कुराएर एक्लै प्रजापतिकहाँ पुगे । प्रजापतिले पनि विष्णुको
खातिरदारी गरेपछि के कामले पाल्नु भएको होला भनी सोधे ।
"एउटा कुरा माग्न आएको हुँ । दिनेभए माग्छु
नदिनेभए माग्दिन ।" विष्णुले भने ।
विष्णुले नै मागेपछि कसरी नदिने - "हुन्छ,
मसँग भएको कुरा माग्नुस अवश्य दिन्छु ।" प्रजापतिले भने ।
"त्रि्री छोरी सतीदेवी मलाई कन्यादान गर
।" विष्णुले मागे ।
प्रजापति बडो अप्ठयारोमा परे । उनले दुखी हुँदै
भने, "मेरो छोरा छैन । सतीदेवीलाई नै छोरा बनाएर पालुँला भनेको
थिएँ । म वचनवद्ध भइसकेको छु । अतः राम्रो साइतमा आउनुस् र मेरी छोरीलाई
लिएर जानुस् ।"
विष्णु प्रशन्न हुँदै वैकुण्ठलोक फर्केर शिवलाई
भने, "प्रजापतिले छोरी त दिने भयो । तर मैले मेरो लागि भनेर मागेँ
।"
विष्णुको कुरा सुनेर शिवलाई रिस उठयो । उनले भने,
"मेरो लागि कन्या माग्न पठाएको तिमीले आफ्नो लागि पो माग्यौ ।
कस्तो बेइमान रहेछौ तिमी । सतीदेवीमाथि तिमीले आँखा गाडेको थाहा पाएको
भए मैले तिमीलाई पठाउने नै थिइन ।"
विष्णुले शिवलाई सम्झाउँदै भने, "यसरी नरिसाऊ
। पहिले मेरो कुरा बुझ । त्रि्रो लागि मागेको भए त दिँदै दिँदैनथ्यो
नि । त्यसैले मैले यो जुक्ति निकाल्नु पर्यो ।" विष्णुले आफूले
निकालेको जुक्ति शिवलाई बताइदिए ।
साइतको दिन विष्णु कन्यादान लिन प्रजापतिकहाँ
पुगे । कन्यादान गर्ने बेलामा विष्णुको जुक्तिअनुसार शिव सन्यासीको
भेष धारण गरेर टुप्लुक्क आइपुगे र भीक्षा माग्न थाले ।
सन्यासीले भने, "मलाई भीक्षा नदिइकन कुनै
काम गर्यौ भने मैले श्राप दिनेछु । "
विष्णुले सन्यासीसँग विन्ती गरे, "हे सन्यासी,
मेरो कन्यादानको मुहर्ुत बित्नै लाग्यो । तपाईँ मेरो आसनमा मसँग बस्नुहोस्
। कन्यादानको काम सकिने बित्तिकै तपाईँलाई भीक्षा दिउँला ।"
योजनाअनुसार सन्यासी शिव विष्णुसँगै आसनमा बसे
। प्रजापतिले आफ्नी छोरीको हात समातेर विष्णुको हातमा राखिदिने बेलामा
विष्णुले चतुरापर्ूवक कन्याको हात सन्यासी रुपधारी शिवको हातमा पारिदिए
। यसरी विष्णुले आफ्नो नाम पारेर शिवको घरजम गरिदिए । विष्णुको हातमा
सुम्पन खोजेकी छोरी शिवको हातमा परेकोमा प्रजापति निक्कै दुखी भए तर
दैवको लीला भनेर चित्त बुझाए ।"
अन्त्यमा पत्रकार कुमारजी भन्छन्, "हे पाठकवृन्द,
यो कथा सुनेर नेपालका अर्थमन्त्रीको दिमागमा बिजुली चम्केझैँ अद्भूत
विचार फुर्यो । उनले आफ्नो कम्प्युटर खोले अनि भोलि हुने नेपाल विकास
मंचको बैठकमा सुनाउन भनी तयार पारेको भाषणको फाइल खोले । फाइलमा ठाउँठाउँमा
प्रयोग गरिएका केही शब्दहरुको ठाउँमा "गरिबी निवारणका लागि "
भन्ने शब्द फर्ेर्ने आदेश दिने रिप्लेस की कीबोर्डमा थिचे । फलस्वरुप
सुरक्षाका लागि, स्वास्थ, शिक्षा, संचार, यातायात तथा पर्ूवाधार विकासका
लागि भनेर जुनजुन शर्ीष्ाकमा अनुदान माग्ने शर्ीष्ाक राखिएको थियो
ती सबै शब्दको ठाउँमा गरिबी निवारणका लागि भन्ने शब्द देखियो ।
दानवीरहरुको सभामा सुनाउनको लागि तयार परिएको
भाषणको नयाँ रुप पढेर अर्थमन्त्री आफै दंग परे र मनमनै स्वस्थानीका
कुमारजीलाई धन्यवाद दिए ।
-राजधानी दैनिक, २०५८ माघ २७ गते शनिवार प्रकाशित)
Back |