| Pro-people Media
(Nepali)
सामुदायिक सञ्चारको परिकल्पना र उद्देश्य बारे
माकिलिङ घोषणा फिलिपिन्स २ डिसेम्बर १९९५
हाम्रो मान्यता
ज्ञ जन सबलीकरण तथा दिगो विकासका लागि समुदायिक संचार अति आवश्यक र
प्रभावकारी औजार हो ;
द्द जन सबलीकरण र सामुदायिक विकास गर्ने सामुदायिक संचारको भूमिकालाई
राजनीतिक, आर्थिक, सांस्कृतिक तथा प्राविधिक व्यवधानहरुले बाधा पुर्याउँछन्
; तथा
घ सामुदायिक संचारलाई यी बाधाहरुलाई पन्छाउने काममा सघाउनका लागि ठोस
कार्य योजना बनाएर लागु गर्नु अति आवश्यक छ ।
हामी यो पनि स्वीकार गर्र्छौं कि
ज्ञ सामुदायिक संचारको स्वरुप र विषयवस्तुले समुदायका मानिसहरुको भावना
र आकांक्षालाई प्रतिविम्बित गर्नु पर्छ ; तथा
द्द समुदायभित्रका सबै सदस्यको पहुंच, सहभागिता, दिगोपन, आत्मनिर्भरता
र विश्वसनीयता फिलिपिन्समा समुदायिक संचारले भोग्नु परेका सबैभन्दा
बढी चासोका विषयहरु हुन् ।
साथै हाम्रो विश्वास छ कि
ज्ञ सामुदायिक संचारमा पहुंच, सहभागिता र दिगोपन भन्ने कुरा कार्यक्रम
र परियोजनाहरुको तहमा मात्रै हैन तिनीहरुको वंाछित नतिजा अर्थात् जन
सबलीकरण र सामुदायिक विकासको तहसम्म हुनर्ुपर्छ ।
द्द दिगोपन भन्नाले आर्थिक स्रोतलाई मात्रै जोड दिने खालको स्रोतको
उपलब्धता मात्रै हो भनी ठान्नु हुँदैन । त्योभन्दा महत्वपर्ूण्ा कुरा
जनताले आफ्नो विकासको जिम्मा आफैले लिनु हो ।
घ सामुदायिक संचारद्वारा आत्मनिर्भरता र सम्मानलाई नगुमाइकन दिगोपन
हासिल गर्न सकिन्छ र गरिनु पर्छ ।
द्ध स्थानीय र परम्परागत स्रोतको उपयोग गरेर दिगोपन प्राप्त गर्न र
परनिर्भरता हटाउन सकिन्छ ।
छ जनताको, जनताद्वारा तथा जनताका लागि - खासगरी सामुदायिक संचार र
सामुदायिक विकासले लक्षित गर्ने उपेक्षित वर्गका लागि - संचारको उपयोग
भएमा मात्रै स्थानीय र परम्परागत स्रोत साधनलाई अधिकतम परिचालन गर्न
सकिन्छ ।
ट समुदायबाट र्समर्थन पाउनका लागि विश्वसनीयता नभै हुँदैन र विश्वास
जित्ने सबैभन्दा राम्रो उपाय हो- यस्तो सहभागितात्मक तथा उदार वातावरण
तयार पार्नु जहाँ मानिसहरु आफै जिम्मेवारी लिन तम्सन्छन्, आफै निर्ण्र्ाागर्छन्
र आफ्नो विकासको लागि आफैले कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्छन्
।
अतः यिनै कुरालाई ध्यानमा राख्दै हामी -क) सामुदायिक
सचारकर्मीहरु, -ख) विधायकहरु र नीतिनिर्माताहरु समक्ष निम्न प्रस्ताव
राख्छौं ः
क) सामुदायिक सचारकर्मीहरु समक्ष ः
ज्ञ परनिर्भरताको परम्परा र माग्ने मानसिकतालाई बढाउनुभन्दा समुदायलाई
आत्मनिर्भर बनाउने र आत्मविश्वास जगाउने खालका सहयोगका विविध माध्यमहरु
खोज्न;
द्द सामुदायिक संचारका लागि मात्र होइन मानिसहरुलाई सबल र समुदायको
विकासलाई दिगो बनाउने खालका स्वमित्वका वैकल्पिक ढाँचाहरु खोज्न;
घ प्रयासहरुलाई सफल पार्न र विकासका लक्ष्यहरु हासिल गर्नका लागि स्रोत
र साधनहरु मिलेर बाँड्न विविध क्षेत्रलाई समेट्ने वा बेग्लाबेग्लै
विषयमा पहुँच भएका एक्लाएक्लै र संस्थासंग आवद्ध संचारकर्मीहरुसंग
सक्रियता पर्ूवक माथिदेखि तलसम्म ९खभचतष्अबििथ० र समान स्तरमा ९जयचष्शयलतबििथ०
सर्म्पर्क र नेटवर्किङ गर्न साथै जनसंगठनहरु, गैरसरकारी संस्थाहरु,
सरकारी निकायहरु, स्थानीय सरकारका इकाईहरु अनुसन्धानमूलक एवं विकासमूलक
संस्थाहरु तथा अन्य यस्ता समूहहरुसंग मिलेर काम गर्न;
द्ध विकासका आवश्यकता र लक्ष्यहरु प्रप्त गर्ने प्रक्रियामा जहाँ अन्तर्व्यक्ति
संचारले महत्वपर्ूण्ा भूमिका खेल्छ त्यहाँ बहु-माध्यम (mगतिष्-mभमष्ब०
र बहु-सूत्र (mगतिष्-अजबललभ० िपद्धति प्रयोगर्न;
छ सामुदायिक संचारले विकासमा पारेका प्रभावहरुलाई बढाउनका लागि सामुदायिक
संचार प्रक्रियाको हरेक चरणमा मात्रात्मक तथा गुणात्मक जानकारी बटुल्ने
परीक्षित एवं नवीन प्रविधिहरु प्रयोग गरेर मूल्यांकन गर्ने काम समावेश
गर्न;
ट जन सहभागिता र जन परिचालन विकासको केन्द्रविन्दु हो भन्ने मान्यता
राख्दै सामाजिक गतिविधिहरुलाई सहजढंगले बढाउने कामलाई लक्षित गर्न;
ठ मानिसहरुलेे सामुदायिक संचार तथा अन्य उत्पादनशील कामहरु लगायत आफ्नो
विकास कार्यको प्रभावकारी ढंगले आफै जिम्मा लिन र व्यवस्थित गर्न सकुन्
भन्ने हिसाबले मानिसहरुको क्षमता बढाउन;
ड र्सवप्रथम परिवारभित्र नै बालकको नैतिकताको जग बस्छ र उचित ढंगले
हर्ुकाइएको बालकले राष्ट्रको भविष्य उज्यालो बनाउँछ भन्ने मान्यता
राख्दै विकासमा परिवारमा आधारित एवं बालबालिकातिर केन्द्रत पद्धतिलाई
बढाउन तथा
ढ सामुदायिक संचार र यसका सहभागीहरुलाई स्वार्थी तथा जन विरोधी काममा
लगाउने सबै शक्तिहरुसंग मुकाविला गर्न प्रस्ताव राख्छौं ।
ख) विधायक तथा नीति निर्माताहरु समक्ष ः
विकास कार्यक्रम तथा परियोजनाहरु कार्यान्वयन गर्नका लागि सुजियोजित
तथा निर्वाध संचार महत्वपर्ूण्ा हुन्छ भन्ने कुरालाई स्थापित गर्दै
स्थानीय/सामुदायिक संचार कार्यक्रम र परियोजनाहरुलाई प्रोत्साहित गर्ने
खालका विधेयक र नीति प्रस्तावित गर्न आग्रह गर्र्छौं । यस्तो विधेयक
तथा नीतिमा यस्ता कुरा समावेश हुनु पर्छ ः
ज्ञ सामुदायिक संचारका अभियान वा प्रयासहरुलाई करहरुमा छुट दिनु, खास
गरी, अखबारी कागत र प्रसारणका यन्त्र उपकरण पैठारी गर्दा लाग्ने भन्सारमा;
द्द गाउँमा संचालन गरिने कम क्षमताको प्रसारणको लागि इजाजत लिँदा अपनाउनु
पर्ने जटिलतालाई हटाएर सजिलो गरी दूरसंचार प्राधिकरणजस्ता निकायले
इजाजत दिने व्यवस्था गर्न ऐन नियममा संशोधन गर्ने;
घ स्थानीय निकायहरुले समुदायको लागि जारी गर्ने सूचनाहरु स्थानीय संचार
माध्यममा प्रकाशित, प्रसारित गर्न अनिवार्य गर्ने साथै स्थानीय निकायहरुले
सामुदायिक संचार माध्यमहरुको लागि आफ्नो आम्दानीको केही भाग छुटयाउने;
द्ध सामुदायिक कार्यक्रम वा सन्देशहरुको लागि प्रसारणको निश्चि समय
वा अखबारमा निश्चित ठाउँ छुटयाउने तथा
छ सामुदायिक संचारका विभिन्न प्रकारका प्रयासहरुलाई अरु तरिकाबाट सघाउने
।
ग) सरोकारवाला वा इच्छुक समूहहरुसमक्ष ः
विद्यालय, धार्मिक संस्थाहरु, नागरिक समूहजस्ता समुदायसँग सरोेकार
राख्ने समूहहरुलाई राष्ट्रिको विकासमा लगानी गरे सरह कार्यक्रम प्रायोजन
गरेर वा विज्ञापन मार्फ वा अरु तरिकाबाट सामुदायिक संचारका कार्यक्रम
वा परियोजनालाई मदत गर्न र यसमा सहभागी हुन ।
स्रोतः साभार नेसनल सिम्पोसियम अन कम्युनिटी कम्युनिकेसन
प्रोसिडिङ्स, ३० नोभेम्बर ( २ डिसेम्बर १९९५, युनिभर्सिटी अफ फिलिपिन्स
लस बानोस कलेज, लगुना, फिलिपिन्स ।
Back |