|
IT for Development (Articles in Nepali)
सूचना साक्षरता आजको आवश्यकता
लाहुर गएको छोराको खबर पाउन अव बप्तौँसम्म हुलाकीको
बाटो कर्ुर्नु पर्दैन । हुलाक धाउनेहरु अब सजिलैसँग आधुनिक सूचना केन्द्रहरुबाट
परदेश गएका आफन्तहरुसँग कुरा गर्न र उनीहरुले पठाएको रकम तत्कालै पाउन
सक्छन । गाउँका टेलिफोन केन्द्रहरुमा परदेशी आफन्तहरुसँग सर्म्पर्क
गर्न खोज्नेहरुको भीड देख्न सकिन्छ । गाउँमा टेलिफोन सेवा संचालन गर्नु
निक्कै लाभदायक व्यवसाय भएको छ ।
ब्रिटिस आर्मीमा काम गरिरहेका बाबुका छोरा मोहन
लाहुर जाने आफ्नो पुस्तैनी परम्परा तोडेर अहिले म्याग्दी जिल्लाको
सदर मुकाम बेनीबजारमा कम्प्युटर इन्स्िटच्युट खोलेर बसेका छन । उनले
स्थानीय कार्यालयहरुको रिपोर्ट र पुस्तकहरु तयार परिदिने, -डेस्कटप
पब्लिसिङ) काम गर्नुका साथै कम्प्युटर तालिम दिने र इमेल सेवा संचालन
गरिरहेका छन । निकट भविष्यमै उनी इन्टरनेट संचालन गर्न गइरहेकाछन ।
म्याग्दीमा मात्र होइन अन्यत्र पनि टेलिफोन र कम्प्युटर राखेर स्थानीय
जनता तथा कार्यालयहरुलाई नयाँ सूचना प्रविधिको सेवा पुर्याउने जमर्को
गर्ने युवाहरु अगाडि आइरहेका छन ।
सूचना प्रविधिको अकल्पनीय विकासले गर्दा हिँजोआज
कार्यालय तथा शिक्षालय मात्र होइन घरघरमा नयाँनयाँ उपकरणहरुले प्रवेश
पाउन थालेका छन । पढन लेख्न सिक्नुभन्दा अघि नै कम्प्युटर चलाउन अवसर
पाउने बालबालिकाहरुको संख्या नेपालमा पनि दिनप्रतिदिन बढदैछ । प्राविधिज्ञहरुको
मात्र कब्जामा रहेको मानिने सूचना प्रविधि अब साधारण व्यक्तिहरुको
दैनिक उपयोगको साधन बन्दैछ । भिडियो, अडियो, कम्प्युटर, ल्यापटप, इमेल,
इन्टरनेट, वेबसाइटजस्ता शब्दहरु दैनिक जीवनमा प्रचलित हुन थालेका छन
।
अबका स्कूलहरुमा परम्परागत कक्षाकोठामा जस्तो
ब्ल्याकबोर्ड अदिको सट्टा अनलाइन कम्प्युटर हुनेछ । शिक्षकको काम पढाउनु
नभएर कुन विषयको सामग्री वा ज्ञान कुन वेवसाइटमा भेटिन्छ भनी विद्यार्थीहरुलाई
गाइड गर्नु हुनेछ । एक्काइसौँ शताब्दिमा इन्टरनेटको मदत नलिइकन शिक्षा
लगायत कुनै पनि उद्योग व्यवसाय सफल हुने कल्पना पनि गर्न सकिँदैन ।
सूचना साक्षरता, विशेष गरी इन्टरनेट र वेबले यस्तो
समाजको निर्माण गर्दैछ जहाँ कुनै पनि ठाउँका मानिसहरुले कुनै पनि बेला
संसारको कुनै पनि भागमा निर्वाध रुपमा सूचना वा जानकारी लिन र दिन
सक्छन । सूचना संजाल -इन्फर्मेसन नेर्टवर्क) हाम्रो दैनिक जीवन र अर्थतन्त्रको
अति आवश्यक अंग हुन थालिसकेको छ । इन्टरनेटको प्रयोग बढनुको सँगसँगै
यो कुरा स्पष्ट हुँदैछ कि अब कम्प्युटर चलाउने र सूचना प्राप्त गर्ने
सीप जानेर मात्रै पुग्दैन , सूचना संजालको विशाल भण्डारबाट आफूलाई
चाहिने सूचना प्राप्त गर्नु र ती सूचनालाई आफ्नो वा समुदायको हितमा
प्रयोग गर्न जान्नु आजको प्रतिस्पर्धायुक्त समाजमा बाँच्नका लागि अनिवार्य
भइसकेको छ । यही सीपलाई सूचना साक्षरता भनिन्छ । हिँजो हामी कम्प्युटर
साक्षरताको कुरा गथ्र्यौं भने आज त्यतिले मात्र पुग्दैन ।
मानिसले पढन लेख्न थालेदेखि हामी तीन प्रकारका
साक्षरताको अवस्थाबाट गुज्रँदैछौँ । पढन, लेख्न र सामान्य हिसाब गर्न
सक्ने क्षमतालाई परम्परागत साक्षरता भनिन्छ भने कम्प्युटर साक्षरताभित्र
साधारण वा प्रचलित कम्प्युटरका सामान्य औजारहरु चलाउन, इमेल पठाउन
र प्राप्त गर्न , लेखा, हिसाब राख्न, चिठीपत्र, रिपोर्ट, लेख रचना
लेख्न, तथ्यांक प्रशोधन गर्न , अभिलेख राख्न, कम्प्युटर मार्फ बैठक
र गोष्ठीमा कार्यपत्र वा विचार प्रस्तुत गर्न सक्ने सीपहरु पर्छन ।
सूचना साक्षरतामा कम्प्युटर साक्षरताका साथै निम्नलिखित सीप जान्नु
पर्छ ।
सूचना प्राप्त गर्नु
सूचनाको अर्थ बुझु
सूचना उत्पादन गर्नु तथा
संचारमार्फ अरुसँग मिलेर काम गर्नु
वास्तवमा आइलागेको समस्या समाधान गर्ने र सूचना
प्रविधि तथा सूचना संजालबाट फाइदा उठाउन सक्नु नै सूचना साक्षरता हो
। यसले मुख्य रुपमा कसरी निर्ण्र्ााा पुग्ने, मान्यता स्थापित गर्ने
वा समस्या सुल्झाउने भन्ने कुरामा जोड दिन्छ । यीमध्ये सूचना संजालको
माध्यमबाट अरुसँग मिलेर काम गर्नु सबैभन्दा महत्वपर्ूण्ा कुरा हो ।
संक्षेपमा, सूचना साक्षरता भनेको सूचना प्रविधि तथा संजालको मदतले
समस्या समाधान गर्न सक्ने क्षमता हो । जो व्यक्ति बढी सूचित हुन्छ
उसले बढी सही निर्ण्र्ाागर्न र योजना बनाउन सक्छ । यो नयाँ कुरा होइन
तर उहिले सूचनाका साधन र स्रोतहरुमाथि सीमित व्यक्तिहरुको एकाधिकार
हुन्थ्यो भने हाल आएर सूचना प्रविधिले प्रदान गरेको जादुगरी शक्तिलाई
उपयोग गरेर अधिकतम लाभ लिन सक्ने क्षमता जसले पनि हासिल गर्नसक्ने
भएको छ ।
सूचना युगका हाँकहरु र सूचना साक्षरताका माग अनुसार
आवश्यक जनशक्ति र व्यवस्थापन पक्षलाई पूरा गर्न हाल सरकारी तथा निजी
क्षेत्रले सूचना प्रविधि र सूचना संजालको आधारमा आफे व्यावसायिक प्रणालीलाई
सुधार्न जोडतोडले लागेका छन । यसको लागि मानिसहरुका.े काम गर्ने शैलीमा
ठूलो परिवर्तन गर्नु पर्ने तथा व्यक्तिव्यक्तिको व्यावसायिक क्षमतामा
सुधार गर्नु पर्ने हुन्छ । अर्थात बढीभन्दा बढी मानिस सूचना केन्द्रित
र सूचना साक्षर हुनर्ुपर्छ । कुनै पनि काम छिटो, प्रभावकारी एवं रचनात्मक
ढंगले गर्नका लागि प्रायः समय, स्थान र संगठनहरुको सीमा नाघेर मानिसहरुले
सूचना संजालहरुमार्फ आपसमा संचार गर्नु र मिलेर काम गर्नु आवश्यक हुन्छ
। यो काम कम्प्युटर अपरेटरको होइन नीति निर्माणको तहमा बस्ने व्यक्तिदेखि
लिएर कार्यान्वयन पक्षमा संलग्न सम्पर्ूण्ा जनशक्तिका लागि उत्तिकै
महत्वपर्ूण्ा हुन्छ ।
यसैले अबको शिक्षा प्रणालीमा सूचना साक्षरता शिक्षालाई
अनिवार्य बनाइनु पर्छ । कतिपय मुलुकमा यो सुरु भइसकेको छ । शिक्षण
संस्थाहरुले यसको लागि योजना बनाएर लगानी गर्नु आवश्यक छ । नेपालमा
निजी क्षेत्रका शिक्षण संस्थाहरु यसको लागि जुन रुपमा तयारीसाथ आउनु
पर्ने हो त्यो रुपमा आएको देखिँदैन । अधिकांश विद्यालयहरुमा दिइने
शिक्षा परम्परागत शिक्षाको धारणाभन्दा माथि उठन सकेको छैन । केही निजी
विद्यालयहरुमा कम्प्युटर शिक्षा लागू भएका छन । तर पाठयक्रम पुरानै
छ । यसलाई परिमार्जित गरेर संचार सीप सम्बन्धी पाठथपेर सूचना साक्षरता
सुरु गर्न सकिन्छ । ट्रेनिङ इन्स्िटच्युटहरुले पनि आवश्यकता अनुसारको
शिक्षा दिएर यसमा योगदान दिन सक्छन । वास्तवमा निजी क्षेत्रका शिक्षण
संस्थाहरुको लगि यो आफू पनि लाभान्वित हुने र देशलाई पनि लाभान्वित
गराउने अपर्ूव अवसर हो ।
त्यस्तै गाउँगाउँमा संचालन भइरहेका टेलिफोन केन्द्रहरुलाई
टेलिफोनमा मात्र सीमित नराखेर तिनलाई सूचना संजालको केन्द्रको रुपमा
विकसित गरेर आम जनतालाई आधुनिक सूचना प्रविधिको फाइदा दिलाउन सकिने
संभावना छ । गाउँगाउँमा खोलिने यस्ता साइबर केन्द्रहरुले भोलि ज्ञान
र सूचनाका केन्द्रको रुपमा गाउँको आर्थिक एवं सामाजिक उन्नतिमा महत्वपर्ूण्ा
भूमिका खेल्नेछन ।
नेपालमा सूचना प्रविधिबाट फाइदा लिनका लागि मुख्य
रुपमा तीन वटा बाधा देखिएका छन ः उपकरण र पर्ूवाधारको लागि लगानी,
जनशक्ति र भाषा । नेपालका अधिकांश गाउँमा टेलिफोन पुगेको छैन । सैकडा
१५ परिवारले मात्रै विजुलीको उपभोग गरिरहेका छन । तर आधुनिक सूचना
प्रविधिको एउटा स्पष्ट स्वभाव के हो भने यो दिनदिनै सस्तो र सरल हुँदैछ
। संचार भूउपग्रहले गर्दा अब दर्ुगम एवं विकट स्थानमा पनि टेलिफोन
सेवा पुर्याउनु सम्भव भएको छ र सौर्य उर्जाको बढदो प्रयोगले गर्दा
विजुली नपुगेका गाउँमा पनि कम्प्युटर र टेलिफोन चलिरहेका छन ।
जनशक्ति तयार पार्नका लागि विद्यमान शिक्षण संस्थाहरुले
आफ्नो सोच , नीति र लगानीमा केही बढी ध्यान दिए भने गाह्रो छैन । जहाँसम्म
भाषाको समस्या छ हाल पटक्कै अंग्रेजी भाषा नबुझने गाउँहरुमा पनि स्थानीय
भाषामा डाटाबेस स्थापना गर्ने र सूचना संजाल संचालन गर्ने अभ्यास सफल
भएका छन । नेपालमा पनि त्यही अनुसार गर्न सकिन्छ । स्वयं सूचना प्रविधिले
नै पनि चाँडै नै भाषाको व्यवधानलाई हटाउन सघाउने छ ।
हाल नेपालमा नीति निर्माणको तहमा सूचानका प्रविधिको
भूमिका र महत्वबारे जुन प्रकारको चेतना देखा परेको छ त्यसलाई शुभ संकेत
मान्नर्ुपर्छ । नेपालको प्रजातान्त्रिक संविधानले जनतालाई सुसूचित
हुने हक प्रदान गरेको छ । तर सुुसूचित हुनुको तार्त्पर्य सरकारी वा
कुनै कार्यालयको फाइलमा रहेको जानकारी र्सार्वजनिक गर्नु मात्र होइन
। आधुनिक सूचना प्रविधिलाई उपभोग गर्नसक्ने परिस्थितिको सिर्जना नै
सही अर्थमा सूचनाको हक हो भन्ने कुरा बुझनु र त्यही अनुसार काम गर्न
सके मात्रै जनताको हितमा सूचनाको हकको उपयोग हुनसक्छ ।
-गोरखापत्र दैनिक, २०५६ चैत्र २६ गतेको अंकमा
प्रकाशित)
Back |