|
Feature Article (Nepali)
नेपाली पत्रकारिता कति व्यावसायिक - कति व्यापारिक
-
नेपाल पत्रकार महासंघमा निर्वाचित हुने बित्तिकै
नयाँ कार्य समितिले पत्रकारिताको व्यावसायिक विकासको नारा अघि सारेको
हो । पत्रकारिता, खास गरी छापा माध्यम अति नै दलीय राजनीति मुखी भएको
सर्न्दर्भमा नै यो व्यावसायिकताको कुरा उठेको हुनर्ुपर्छ । नेपाल प्रेस
इन्स्िटच्युट लगायत पत्रकारिता प्रशिक्षणमा संलग्न संंस्थाहरुले आफ्नो
प्रमुख लक्ष नै व्यावसायिक पत्रकारिताको विकास राखेका छन् । हालै व्यावसायिक
पत्रकारिताको नाममा केही नयाँ एवं आकर्ष अखबार र पत्रिकाहरु प्रकाशित
भएका छन् । साथै आमसंचारका अन्य माध्यमहरु यथा, रेडियो, टीभी, मा पनि
नयाँ अभ्यासहरु हुन थालेका छन् ।
फलस्वरुप, अहिले नेपालमा व्यावसायिक पत्रकारिता
निक्कै आकर्ष र बिकाउ विषय भएको छ । पत्रकारिता क्षेत्रमा मात्र होइन
अन्य क्षेत्रमा पनि आजभोलि व्यावसायिकताको कुरा निकै हुन थालेको छ
। तर विभिन्न व्यक्तिले विभिन्न समय र सर्न्दर्भमा प्रयोग गर्ने व्यावसायिक
शब्दको अर्थ बिल्कुलै फरक हुने गरेको देखिन्छ । कहिले यसको प्रयोग
अंग्रेजी भाषाको प्रोफेसनालिजमको अर्थमा प्रयोग गरिएको हुन्छ भने कहिले
बिजनेस वा नाफा कमाउने काम, पेशा वा धन्दाको अर्थमा प्रयोग भएको देखिन्छ
। प्रचलित भाषा र व्याकरणको कसी लाएर हर्ेदा यसमा खोँट लगाउने ठाउँ
पनि छैन ।
कुनै पनि व्यवसायको आफ्नै सीप तथा आदर्श वा मूल्य
र मान्यता हुन्छ । आमसंचार माध्यम -मिडिया) त झन जनताको दिमागलाई डोर्याउने
व्यवसाय भएको हुनाले यसका आदर्श वा मूल्य र मान्यताहरु झन उच्च र जटिल
पनि छन् । यस कारण पत्रकारितामा व्यावसायिकता भन्नाले स्वभावतः यसका
प्रचलित सिद्धान्त, मान्यता, नैतिकता र अचार संहिताको परिपालना भनी
बुझनु पर्ने हुन्छ ।
यो र्सवज्ञात नै छ कि परम्परागत/प्रचलित पत्रकारिताको
उद्गमस्थल पश्चिममा पत्रकारिता वास्तवमै एउटा नाफा कमाउने व्यवसायको
रुपमा विकास भएको हो । पश्चिमका अधिकांश मुलुकमा रेडियो टेलिभिजन आदि
आमसंचार संचालन गर्ने इजाजत उद्योग वा वाणिज्य मन्त्रालयले दिन्छ ।
त्यहाँ रेडियो वा टेलिभिजन संचालन गर्नु भनेको उद्योग धन्दा वा व्यापार
गर्नु सरह हो । संचालकहरुले नाफाको आधारमा इजाजत शुल्क पनि तिर्नु
पर्छ । कतिपय देशमा इजाजत लिनको लागि बढिबढाउ पनि गरिन्छ । साथै ती
देशमा आमसंचार माध्यमहरुले कसैको बेइज्जत वा मानहानी गरे भने त्यसको
लागि निक्कै कडा कानुन र गह्रुँगो आर्थिक जरिवानाकोे व्यवस्था छ ।
यसरी त्यहाँ व्यावसायिक पत्रकारिताको विकास लामो अभ्यासको फलस्वरुप
भएको हो ।
नेपाल लगायत विकासशील वा तेस्रो विश्वका मुलुकहरुमा
पत्रकारिताको प्रारम्भ नाफा कमाउन, उद्योग व्यवसाय वा व्यापार धन्दाको
रुपमा भएको होइन, अपितु राजनीतिक, धार्मिक वा सामाजिक उद्देश्य परिपर्ूर्तिका
लागि भएको हो । पंचायत कालभरि नेपालमा दर्ुइ थरीका पत्रकारिता प्रचलित
थियो । एउटाको उद्देश्य पंचायत व्यवस्थालाई हरेक उपायले जोगाउनु र
अर्कोको उद्देश्य थियो निरंकूश व्यवस्थालाई फालेर प्रजातन्त्रको स्थापना
गर्नु ।
दुबै खालको पत्रकारिता एउटा निश्चित उद्देश्य
लिएर चलेका हुनाले त्यस बेला पश्चिमी मुलुकमा स्थापित व्यावसायिक मान्यताका
अनुसार पत्रकारिता चल्नु सम्भव थिएन । केहीले रहर गरे पनि । तर ती
टिकाउ हुन सकेनन् । पंचायत कालमा असंलग्न राष्ट्रहरुको आन्दोलनको प्रभाव
स्वरुप र बहुदलीय राजनीतिमुखी पत्रकारिताको विरोधको निकासको रुपमा
पनि तत्कालीन राज्यव्यवस्थाले विकास पत्रकारितालाई प्रोत्साहन दिएको
थियो । व्यावसायिक पत्रकारिताको अभ्यास गर्न चाहने कतिपय पत्रकारहरु
यसैमा भुले भने कतिपय पत्रकारहरु राजनीतिक पत्रकारितामा लागे । कोहीकोही
भने दुबैतिर कलम चलाउँदै बसे ।
बहुदलीय व्यवस्थाको स्थापनापछि मात्र नेपालमा
व्यावसायिक पत्रकारिताको सम्भावना मात्र होइन यसको अपरिहार्यता नै
महसुस भएको हो । व्यावसायिकताको नारा हालका एक दर्ुइ वर्षभित्र निक्कै
चर्केको छ । बजारमा देखिएका नयाँनयाँ, आकर्ष पत्रपत्रिकाहरुले नेपाली
मिडिया मार्केटमा व्यावसायिकताको प्रवेश कसरी भइरहेछ भन्ने देखाइरहेको
छ । विश्वव्यापीकरणको दौड, संचार प्रविधिको अभूतपर्ूव विकास, उदार
संवैधानिक व्यवस्था आदिले गर्दा पनि नेपालमा पत्रकारिताको विकासमा
नयाँ मोड आएको स्पष्टै छ ।
अहिले नेपाली पत्रपत्रिका पसलहरुमा र पाठकहरुको
हातहातमा देखिएका अखबारहरु कति व्यावसायिक हुन र कति व्यापारिक हुन्
भन्ने कुराको जवाफ अहिले नै खोज्नु अपरिपक्व होला तर यसको प्रवृत्त्रि्रति
जागरुक हुनु पर्ने बेला आइसकेको छ । नयाँ अखवारहरुको आकर्ष साजसज्जा
र उत्पादन प्रविधि तथा विज्ञापनको प्रचुरता सकारात्मक पक्षको रुपमा
देखिन्छ, तर तिनले कस्ता एजेण्डा वा मुद्दा पाठक वा राष्ट्रकोसामु
उठाइरहेछन् भन्ने कुरा बढी महत्वपर्ूण्ा विषय हो । आमसंचार जगतलाई
नजिकैबाट निगरानी गर्नेहरुले यसमा चासो राख्नुपर्ने बेला आइसकेको छ
।
शक्ति राजनीतिको आकांक्षा र उद्देश्य सत्तामा
पुगेपछि पूरा हुनसक्छ, तर धन कमाउने इच्छा आकांक्षाको अन्त हुँदैन
। यसैले सत्तामुखी पत्रकारिताको तुलनामा नाफामुखी पत्रकारिता बढी गैर
जिम्मेवार र हानीकारक हुनसक्छ भन्ने कुरा बिर्सनु हुँदैन । यसका साथै
आमसंचारको बजारमा विदेशी लगानी र विदेशी राजनीतिक स्वार्थको प्रवेशबाट
हुनसक्ने खतरालाई पनि इन्कार गर्न सकिँदैन । किनकि हाम्रा जनप्रतिनिधिहरु
मात्र होइनन् कर्मचारीहरु र अदालत लगायत संबैधानिक निकायहरुमा काम
गर्ने व्यक्तिहरु आमसंचार प्रति कति संबेदनशील भएर रियाक्ट गर्छन्
भन्ने हामीले देखिरहेकै छौं ।
बिर्सन नहुने कुरा के हो भने जनताको मत पाएर चुनिएका
जनप्रतिनिधिहरु र व्यक्ति वा संस्थाहरुले चलाएका पत्रिकाहरुको जिम्मेवारी
एउटै हुन सक्तैन । जनप्रतिनिधिको दायित्व प्रमुख रुपमा आफ्ना मतदाताहरुप्रति
हुन्छ । कतिपय अवस्थामा निश्चित निर्वाचन क्षेत्रका जनताको स्वार्थसँग
ठूला अकारका राजनीतिक वा व्यापारिक अखबारहरुको रुचि एवं स्वार्थ बाझिन
सक्छ । कतिपय अवस्थामा जनप्रतिनिधिहरुले प्रेसको अवज्ञा गरेर काम गर्नुपर्ने
हुन्छ । तर प्रेसको आलोचनालाई बेवास्ता गरेर जनताको पक्षमा अडान लिनसक्ने
नेताहरु हामीकहाँ कति छन् - मौनता नै परम्परा भएको, साह्रै प्रतिक्रिया
विहीन जनता भएको समाजमा अखबारले जाहेर गर्ने मत कत्तिको जनमत हुन्छ
कत्तिको अखबारको आफ्नै मत हुन्छ -
यस पर्रि्रेक्षमा पत्रकारिताको मेरुदण्डको रुपमा
रहेका पत्रकारहरुको विवेक, पेशाप्रति निष्ठा, नैेतिकता र आचारको कुरा
महत्वपर्ूण्ा हुन्छ । पत्रकारहरु अखबार मालिकहरुको ढुकुटी भर्ने भरिया
बन्ने हो कि जनतालाई सही सूचना दिएर सही निर्ण्र्ाागर्न सक्षम बनाउने
हो -
प्रजातन्त्रमा प्रेसले चौथो अंगको दर्जा पाएको
मूल कारण नै के हो भने प्रेसले राज्य संचालनका तीन वटै अंगको पहरेदारी
गर्नुका साथै जनमत सिर्जना गर्छ । प्रजातन्त्र जनताको मतबाट चल्छ ।
जनताको मत उनीहरुले पाउने जानकारी वा सूचनामा आधारित हुन्छ । गलत सूचनाले
गलत मत जन्माउँछ । सही सूचना दिने काम व्यावसायिक पत्रकारिताले गर्न
सक्छ, व्यापारिक पत्रकारिताले गर्दैन ।
अहिलेसम्म हामीले राजनीतिक वा पार्टर्ीीत्रकारिताको
खराबी मात्रै देखेका वा भोगेका छौं, व्यापारिक पत्रकारिताको त प्रारम्भ
मात्र भएको छ । तर विहानीले दिनको संकेत दिन्छ भनेझैँ केही संकेतहरु
दखिन थालिसकेका छन् ।
Back |