|
Children's Stories (Nepali)
सागर र ब्याँग
आकाश कालो बादलले ढाकेको थियो । बेलाबेलामा बादल
गर्जन्थ्यो र विजुली पनि चम्कन्थ्यो । पंधेराका भ्यागुताहरु अंध्यारो
ओढार र कुनाकाप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठूलोठूलो स्वरले
बात मारिरहेका थिए । उनीहरु धेरै पानी पर्यो भने संसार जलले ढाकिन्छ
। अनि प्रलय हुन्छ । प्रलयमा कोही पनि बाँच्दैन भन्ने गफ गरिरहेका
थिए । अचानक मुसलधारे पानी पर्न थाल्यो । पानी सँगै एउटा ठूलो भ्यागुता
पंधेरामा यति जोडले खस्यो कि पानीमा धेरै बेरसम्म छाल उठिरहृयो । प्रलयको
थालनी पो हो कि भनेर सबै भ्यागुताहरु बेतोडले आआप\mनो ओढारतिर कुलेलम
ठोके ।
पँधेराको पानी चल्न छोडेपछि भ्यागुताहरु हिम्मत
गरेर फेरि बाहिर निस्के । उनीहरुले पँधेराको डिलमा एउटा नयाँ भ्यागुता
देखे । पँधेरामा बस्ने भ्यागुताभन्दा त्यो भ्यागुता बेग्लै थियो ।
उसको जिऊ निक्कै ठूलो थियो र रंग पनि फुस्रो थियो । उसका आँखा गाजल
लाएकाजस्ता राम्रा थिए । आप\mनो वरिपरि धेरै भ्यागुताहरुलाई देखेर
त्यो जंगी भ्यागुताले भन्यो, " हेलो ।
पँधेराका भ्यागुताहरुले कसैले नमस्ते, कसैले जदौ,
कसैले स्वस्ती त कसैले सलाम गरेर पाहुना भ्यागुताको स्वागत गरे । उनीहरु
सबै पाहुना भ्यागुता कहाँबाट आएको, नाम के हो, के जात र थरको हो, कुन
धर्म मान्छ आदि कुरा जान्न उत्सुक थिए ।
पाहुना भ्यागुताले आप\mनो परिचय दिँदै भन्यो,
"मेरो नाम सागर हो । मेरो घर हिन्द महासागरमा बंगालको खाडी नजिक
छ । समुद्रमा चल्ने आँधीबेरीले मलाई उडाएर बादलमा पुर्यायो र म बादलसँगसँगै
यहँा आएको हुँ ।
सागरको कुरा सुनेर सबै जना छक्कै परे । उनीहरुको
मनमा एकै चोटी थुप्रै प्रश्नहरु आए । जस्तै महासागर भनेको के हो -
त्यहाँ कति पानी हुन्छ - उ कसरी त्यहाँ पुग्यो - उसले नेपाली भाषा
बोल्न कसरी जान्यो - ऊ कुन जातको हो - उसको बिहे भएको छ कि छैन - इत्यादि
।
उसले सबै सवालहरुको मेलैसँग जवाफ दिने कोसिस गर्यो
।
महासागर कत्रो हुन्छ र त्यहाँ कति पानी हुन्छ
भन्ने कुरा पंधेराका भ्यागुताहरुलाई बुझाउन सागरलाई निक्कै धौधौ पर्यो
। समुद्रमा बस्ने हृवेल, र्सार्क माछा, अक्टोपस, मुगा, शंखे किराजस्ता
जीवहरु, भाँतीभाँतीका पानी जहाजहरुको बारेमा त उसले बुझाउनै सकेन ।
पंधेराको नजिकै एउटा ठूलो ढुंगा थियो । भ्यागुताहरु बेलाबेलामा त्यहाँ
बसेर घाम तप्दै गफ गर्थे । सागरले समुद्रमा कुनै कुरा कति ठूलो हुन्छ
भनेर बताउँदा उनीहरुले त्यही ढुंगालाई देखाउँदै सोध्थे, "के त्यो
जीव त्यो ढुंगाजत्रो हुन्छ -
सागर कसरी समुद्रमा पुग्यो र कसरी उसले नेपाली
कुरा गर्न जान्यो भन्ने सोधाइको उसले बडो रमाइलो जवाफ दियो । उसको
भनाइ अनुसार उसकी बजै नेपालबाटै गएकी हुन् । धेरै वर्षघि नेपालमा धेरै
पानी परेर पँधेरा पोखरी र खोलानालाहरुमा निक्कै पानी भरियो । ठूलो
बाढी आयो । पँधेरामा बस्ने उसकी बजै पनि बाढीमा बगेर ठूलो नदीमा पुगिन्
। नदीले बजैलाई बंगालको खाडीमा पुर्यायो । महासागरको एउटा टापुमा बस्ने
भ्यागुतासँग उसको बिहे भयो । उनीहरुबाट हजारौँ सन्तान जन्मे । यसरी
सागर उनको नातिको रुपमा जन्मेको हो ।
"बजैलाई माइती देशको सम्झना आइरहन्थ्यो ।
उहाँले नेपालमा पाइने स्वादिला खानेकुरा, किराफटेरंग्राहरुको कुरा
हामीलाई सुनाउने गर्नुहुन्थ्यो । अरु कुरा बिर्सर्ेेनि उहाँले नेपाली
भाषा बिर्सनु भएन । हामीलाई नेपाली भाषामा नै शिक्षा दिनुभयो ।
पँधेराका भ्यागुताहरुले सोधेको उसको जात, थर र
धर्मको कुरा सागरले बझ्नै सकेन । उसले भन्यो, "हामीलाई बजैले
यसबारे केही पनि सिकाउनु भएन । समुद्रमा सबै भ्यागुता बराबरी हुन्छन्
। त्यहाँ कोही ठूलो कोही सानो भन्ने हुँदैन ।
सागरको कुरा सुनेर पँधेराका भ्यागुताहरु निक्कै
प्रभावित भए । उनीहरु सबैले सागरलाई आआप\mनो दुलोमा बस्न निम्तो गरे
। तर उसको जातको ठेगान नलागी कसरी उसलाई घरमा राख्ने - भान्सामा कसरी
लैजाने - भन्ने समस्या उठ्यो ।
सागरले भन्यो, "मलाई बस्ने घर चाहिँदैन ।
समुद्रमा सबै खुला हुन्छ । म पनि यही पँधेराको डिलमा कुनै ढुंगाको
कापमा बसुँला । तपाईहरुले चिन्ता लिनु पर्दैन । बरु म कसरी घर र्फकनसक्छु
त्यो उपाय बताइदिनु भयो भने गुन मान्ने थिएँ । तर समुद्रमा पुग्ने
बाटो पँधेराका भ्यागुताहरुमध्ये कसैलाई पनि थाहा थिएन ।
त्यो साल निक्कै राम्रो वषर्ा भयो । भ्यागुताहरुको
बिहे गर्ने साइत वषर्ामा मात्रै जुथ्र्यो । यसैले उनीहरु विहेको काममा
जुटे । तन्नेरी छोरा भएका भ्यागुतहरुले राम्री बुहारी खोज्न थाले भने
तरुनी छोरीका बाबुआमाहरुले असल केटो खोज्न लागे । तर पँधेराका धेरै
जसो तन्नेरी तरुनी भ्यागुताहरु बाबुआमाले रोजेको भन्दा आफैले रोजेर
माया पिरती गाँसेर मात्रै बिहे गर्न चाहन्थे ।
पँधेराका धेरैजसो तरुनी भ्यागुताहरुको आँखा सागरमाथि
थियो भने सागरले पनि केही तरुनी भ्यागुताहरुमाथि आँखा गाडेको थियो
। कुनैकुनै आमाबाबु भ्यागुताको पनि सागरलाई छोरी दिने मन थियो । तर
उसको जातको ठेगान नलागेको हुनाले उनीहरुले मुख खोल्न सकेका थिएनन्
।
एक दिन सागरको भेट पँधेराको मुखियाकी छोरी व्यांगसँग
भयो । सागरले ब्याँगलाई बेलाबेलामा लुकीलुकी हर्ेर्ने गथ्र्यो । ब्याँग
पनि सागरलाई रुचाउँथी । सागरले उनीसँग बिहेको प्रस्ताव राख्यो । ब्याँगले
भनी, "हाम्रो बिहेको कुरा बाआमाले पटक्कै मान्नु हुने छैन ।
"त्यसो भए हामी यो पँधेरा छोडेर मेरै घर
महासागरमा जाऔँ र आरामसाथ जीवन गुजारौँ न त । सागरको कुरा सुनेर ब्याँग
डर्राई । "कसरी जाने त्रि्रो घर - महासागर पुग्दासम्म म बाँच्नसक्छु
कि सक्दिन । मलाई त डर लाग्छ । बरु यो पँधेरा छाडेर अर्को पँधेरामा
बस्न गए हुँदैन - ब्याँगले भनी ।
"तिमीले भनेको उपाय एक छिनको लागि त ठिक
होला । तर जुन पँधेरामा गएर बसे पनि सबैले हाम्रो जात, थर, धर्म सोध्ने
छन् । अनि नेपालमा बस्दासम्म जुन पँधेरामा बसे पनि हाम्रो दुःख सकिने
छैन । सागरले शंका व्यक्त गर्यो ।
एक पल्ट धेरै दिनसम्म घनघोर पानी पर्यो । पहाडका
पँधेरा, खहरे, खोल्सा, खोला, नदीनाला सबै पानीले भरिए । यही मौका छोपेर
सागर र ब्याँग पँधेराबाट उर्लेर निस्केको पानीको भलसँगै पोडी खेल्दै
खोल्सामा पुगे ।
खोल्साको पानीको बेग देखेर ब्याँग डर्राई । उसले
सागरलाई बेस्सरी अंठ्याएर सामाती । सागरले पनि ब्याँगलाई फुत्कन नमिल्ने
गरी समात्यो र दुबैजना खोल्साको पानीमा पौडी खेल्दै खोलामा पुगे ।
खोलाको पानी अझै बलियो थियो । सागरले ब्याँगलाई अझै जोडले समात्यो
र पानीमाथि बगेको एउटा मुढामाथि चढ्यो । मुढामाथि चढेर दुबैले लामो
सास फेरे ।
मुढासँगसँगै उनीहरु महासागरतिर लागे । भोक लाग्दा
मुढाको लेऊ, पानीमा बस्ने किरा र नजिकनजिक उडने किराहरु खाएर पेट भरे
। महासागरमा पुगेर सागर र ब्याँगले नयाँ जीवन थाले ।
-कान्तिपुर कोपिला २०६० माघ २३ गते प्रकाशित)
Back |