|
Children's Stories (Nepali)
जीवन चक्र
खोलाका माछाहरु भटाभट मर्न थालेका थिए । माछासँगै
भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरु पनि मर्दै थिए । चंखे भ्यागुताका
आमाबामात्रै होइन उसका दौँतरीहरु पनि मरिसकेका थिए ।
एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो
। उसले बगरमा कागतका बट्टा र रित्ता सिसीहरु देख्यो ती कागत र सिसीमा
"किरामार्ने विषालु औषधि" लेखिएको थियो । खोलाका माछा र
अरु जीवहरु किन यसरी अचानक मरे भन्ने कुरा चंखेले बल्ल बुझयो । यो
कुरा अरु भ्यागुताहरुलाई पनि सुनाउन ऊ उप|mँदै खोलाले दहतिर लाग्यो
।
दहमा केटाहरुले माछा मार्न लागेका थिए । चंखे
चाल मारेर दहछेऊ पुग्यो र केटाहरुले माछा समातेको हर्ेन थाल्यो । एउटा
केटाले चंखेलाई देखिहाल्यो र चिच्यायो, "हेरहेर, भ्यागुता !"
चंखे ज्यान जोगाउन पानीभित्र हामफाल्यो । पानी
भित्र पुग्ने बित्तिकै उसको टाउको दुख्न थाल्यो । खप्न नसकेर ऊ पानी
बाहिर निस्क्यो र ढुँगाको कापमा लुक्न खोज्यो । तर उसलाई रिगंटा लाग्न
थाल्यो ऊ हिंड्न सकेन र त्यहीं उत्तानो परेर पेट फुलाउँदै पल्ट्यो
।
आकाशमा चील र काग उडिरहेका थिए । तिनीहरुले चंखेलाई
जुनसुकै बेला पनि झम्टेर खान सक्थे किनकि ऊ लुक्न वा भाग्न सक्ने अवस्थामा
थिएन । उसले आफू पक्कै मर्ने भएँ भन्ने कल्पना गर्न थाल्यो । माछा
मार्नको लागि केटाहरुले खोलामा वीष राखेको कुरा उसले बुझयो । उसले
आँखा घुमाएर यता उता हेर्यो । उसको वरिपरि माछा मात्रै होइन भ्यागुता,
गँगटा, पँधर्ेर्नी कीरा र पानीमा बस्ने अरु जीवहरु पनि छटपटाइरहेका
थिए ।
उता दहमा केटाहरु पानीमा पौडँदै पानीभित्र डुब्दै
माछा समात्दै खुशी हुँदै थिए । चिल, काग र अरु चराहरु बगरमा पल्टेका
माछा, भ्यागुता गँगटा र कीराहरु खाँदैथिए । उनीहरुले रमाईरमाई माछा
खाए । रात परेपछि केटाहरु घरतिर लागे ।
भालिपल्ट बिहान चंखे उठेर हर्ेदा छक्क पर्यो
। हिँजो बंगरमा रमाउँदै माछा, भ्यागुता गँगटा र किरा खाने चराहरु कोही
पल्टेका थिए कोही छट्पटाइरहेका थिए । मरेका चराहरुलाई ककुररस्यालहरुले
लुछ्न थोलेका थिए । यस्तो विनाशलीला देखेर चंखे अत्तालियो । ऊ मानिसको
दर्ुबुद्धि र अपराधलाई मनमनै धिकार्दै थियो । अचानक उसले शंख फुकेको
स्वर सुन्यो ।
एक हुल मानिसहरु मरेको मानिसको लास बोकेर खोलातिर
आउँदैथिए । मलामीहरुमध्ये कोही छाती पिटीपिटी रोइरहेका थिए । लासलाई
खोलाको किनारैमा बिसाएपछि मलामीहरु लास जलाउन दाउरा चाङ लगाएर चिता
बनाउन थाले ।
चंखेलाई खुल्दुली लाग्यो । ऊ बिस्तारै लासको नजिकै
पुग्यो । लासको अनुहार देखेर ऊ झण्डै बेहोस भएन । किनकि त्यो हिजो
दहमा माछा मार्ने केटाहरु मध्ये उसलाई देखेर "हेर भ्यागुता"
भन्दै चिच्याउने केटाको लास थियो । अरु कति लास आउने होलान् भन्ने
कल्पना गर्दै डरले चंखे आत्तिदैं त्यहाबाट बिस्तारै बीष नभएको पानीको
पँधेरा तिर लाग्यो ।
बालपत्रिका मुना मासिक, वर्ष३, अंक ६, जेठ २०५०
मा प्रकाशित ।
Back |