|
Children's Stories (Nepali)
जर्मनीको दाँते
निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका
थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा
त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ ।
निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा
निमा पनि बुवासँगै थिइन् । त्यहाँ छँदा उनको जन्मदिनमा उनका बुबाका
साथीहरूले धेरै खेलौना उपहार दिएका थिए । ती खेलौनाहरूमध्ये त्यो अनौठो
खेलौना पनि थियो । त्यो खेलौना काठले बनेको थियो । उसको लुगा सिपाहीको
जस्तो थियो । टाउकोमा ठूलो लाम्चो टोप लाएको थियो । ठूला आँखा, तीखा
जुँगा, बाहिरै देखिने सेतासेता दाँत, सिंहको जस्तो कान ढाक्ने कपाल
अनि बोके डाढी । तल्लो ओठदेखि च्युदोसम्मको अंग सँधै तलमाथि हल्लिरहन्थ्यो
। एकान्तमा भेट हुँदा तर्सर्ाााजस्तो उसको अनुहार थियोे ।
उसको वास्तविक नाम दाँते होइन । तर बुइँगलका अरु
खेलौनाहरू र मुसाहरूले उसलाई यही नामले चिन्छन् । नेपाल आएकोमा पहिले
उसले निकै पछुतो गरेको थियो । तर अब ऊ यहीँ बसोबास गर्न चाहन्छ । बाकी
कथा उसैको मुखबाट सुनौँ ।
निमाका साथीहरूले मलाई देख्ने बित्तिकै नाकमुख
खुम्च्याउँदै भन्ने गर्थे, "छया, कस्तो खेलौना हो यो । हर्ेर्दै
डरलाग्दो । भो योसँग नखेलौँ । यसलाई परै राख ।"
निमाको घरमा आएदेखि म बेकम्मा भएँ । मेरो केही
इज्जत बाकी रहेन । नेपाल आएपछि पनि केही समय त निमाका आमा बाले मलाई
उनीहरूको बैठक कोठामा सजाएर राखे, तर मलाई केही काम दिएनन् । काम नगरी
बस्नुपर्दा म निक्कै दुखी थिएँ । मेरो उदास अनुहार देखेर होला एक दिन
उनीहरुले मलाई बुइँगलमा सारे ।
बुइँगलमा आएपछि मेरो जीवनको उद्देश्य नै फेरियो
। यहाँ अरु पनि थुप्रै खेलौनाहरू थिए । धेरैजसो खेलौनाहरू बूढा, थोत्रा,
खुइलिएका र मिल्काउने अवस्थामा थिए । तर म भर्खरको ठिटो थिएँ ।
यस्तो काम गर्ने उमेरमा बुइँगलमा थन्किनुपर्दा
मलाई झन दुःख लाग्यो । अरु खेलौनाहरूले कस्तो बेकम्मा रहेछ यो त ।
यो उमेरमै बुइँगलमा थन्क्याइदिएछन् भनेर जिस्क्याउन थाले । तिनीहरूको
घोचपेच सुन्दासुन्दा मलाई दिक्क लाग्थ्यो । किन नेपाल आएँ हुँला भनेर
मलाई पछुतो लाग्न थाल्यो ।
रात पर्यो कि बुइँगलमा खेलौनाहरूको बैठकजस्तै
हुन्थ्यो । खेलौनाहरूले पालैसँग आआप\mना अनुभव सुनाउँथे । मेरो पालो
आएपछि मलाई बोल्न पनि दिन्नथे । यो अल्छी, कामचोरको पनि के कुरा सुन्नु
भनेर उनीहरू आआप\mनो ठेगानतिर लाग्थे ।
बुइँगलमा मुसाहरू पनि थिए । कहिले काहिँ बिरालो
र र्सप आएर मुसालाई सखाप पार्थे । मुसाहरूले चोरेर ल्याएका सामानहरू
यहीँ थुपारेर राख्थे । तिनीहरूले आफूलाई काम नलाग्ने माल सामान पनि
चोरेर ल्याउँथे । ती मुसाहरूले पनि अरु खेलौनाको लहैलहैमा लागेर मलाई
जिस्क्याउँथे । बेकम्मा , कामचोर भनेर गिज्याउँथे ।
एक पल्ट बुइँगलका मुसाहरूमाथि ठूलो आपत आइलाग्यो
। घरधनीले मुसा हिँडने सबै प्वाल टालिदिए । अनि मुसा मार्नका लागि
ठाउँठाउँमा धराप पनि थापे । चारपाँच वटा ठिटा मुुसाहरू अकालमा मरे
। मुसाहरू बुइँगल छाडेर जान नसक्ने अवस्था आयो । उनीहरूले चोरेर बुइँगलमा
लुकाएर राखेका सबै अन्न र अरु खानेकरा तुरिन थाल्यो । उनीहरू भोकै
पर्न थाले ।
खान मिल्ने सबै कुरा सकिए पनि उनीहरूसँग सुपारी
र ओखर निक्कै बाकी थियो । त्यहाँ भएको सुपारी र ओखरमात्रै फोरेर खान
सके पनि उनीहरूलाई झण्डै एक महिना पुग्ने खानेकुरा थियो । तर उनीहरूले
सुपारी र ओखर फोर्नसक्तैनथे ।
भोका मुसाहरूले खेलौना खाएर बाँच्न सकिन्छ कि
भनेर खेलौनाका हात गोडा र अनुहार पनि टोक्न, चपाउन थाले । मेरै हात
खुट्टा पनि धेरै पटक टोके । मेरो कपाल र दाह्री त बाकी नै राखेनन्
। यस्तै हो भने अब हामी खेलौनाहरू सबै मुसाका पेटमा पुग्ने भयौँ ।
एक दिन मुसाहरूले भोकले मेरा हात गोडा र गाला
टोक्न थाले पछि अचानक मैले मेरो कर्तव्य सम्झेँ । मरो हात गोडा खान
तम्सेका मुसाहरूलाई मैले भनेँ, "पर्ख तिमीहरूले खान हुने कुरा
यो बुइँगलमा अझै बाकी छ ।"
मेरो कुरा सुनेर ती भोका मुसाहरूले अपत्यारिलो
ढंगले मतिर हर्ेर्दै सोधे, "खेलौनाहरूबाहेक अझै के बाकी छ र खान
हुने कुरा -"
मैले बुइँगलको कुनामा भएको ओखर र सुपारीको थुप्रो
देखाउँदै भने, "तिमीहरूले मेहनत गरेर संगालेको यत्रो पोषिलो खाने
कुरा बाकी नै छ । किन आत्तिन्छौ -"
मेरो कुरा सुनेर सबैले एकै स्वरले भने, "त्यो
फोरेर खानसक्ने भए त हाम्रो त वंशै विनाश हुनबाट जोगिन्थ्यो नि । तर
हामी त्यो फोरेर खान सक्तैनौँ ।"
उनीहरूको कुरा सुनेर मलाई हाँसो उठ्यो । टिठ पनि
लाग्यो । मैले एउटा मुसालाई सुपारी र ओखर ल्याएर मेरो मुखमा राखिदिन
भने ।
"त्रि्रो मुखमा राखिदिएर हाम्रो पेट भरिन्छ
- कस्तो ठग रहेछ यो त । हामीलाई त मर्ुर्खै ठान्याछौ कि क्या हो -"
भोका मुसाहरू रिसाए ।
मैले भनेँ । "हेर म खेलौना हुँ । तिमीहरूलाई
झैँ मलाई भोक लाग्दैन र खानु पनि पर्दैन । एउटा सुपारी वा ओखर ल्याएर
त हेर म के गर्नसक्छु ।"
खान नपाएर दुब्लाएका मुसाहरूले सकीनसकी केही सुपारी
र ओखर मेरो अगाडि ल्याए । मैले एउटा सुपारी मुखमा राखेँ र दाँतले टोकेर
टुक्राटुक्रा पारेर मुसाहरूको अगाडि राखिदिएँ । भोका मुसाहरूले अत्तिँदै
सुपारीका टुक्राहरू खाए । त्यसै गरी मैले आठदश वटा सुपारी र ओखर फोरेर
मुसाहरूलाई दिएँ । धेरै दिनपछि उनीहरूको पेटमा खाने कुरा परेको हुनाले
उनीहरू बोल्न र चल्नसक्ने भए ।
मुसाहरूलाई भोक लाग्यो कि ओखर र सुपारीजस्ता साह्रो
कुरा फोरेर दिनु अब मेरो नियमित काम हुन थाल्यो । उनीहरूले मलाई माया
र इज्जत पनि गर्न थाले । मेरो कुरा सुन्न थाले । मेरो गुन सम्झना गर्दै
उनीहरूले मेरो दाह्री जुँगामा रौँ थपेर लामो बनाइदिने र मलाई दोसल्ला
ओढाउने निधो गरे ।
अर्कोतिर मलाई देखिनसहने खेलौनाहरूले पनि मैले
गर्दा उनीहरू मुसाको आहार बन्नु नपरेकोमा गुन मानेछन् । उनीहरूले पनि
मलाई काँधमा बोकेर अबिरजात्रा गर्दै बुइँगल घुमाउने कार्यक्रम बनाए
।
मलाई सम्मान गरेको दिनमा सबैले मेरो तरिफ गरे
। परोपकार नै सबैभन्दा ठूलो धर्म हो र अर्काको लागि बाँच्ने नै सबैभन्दा
महान हुन्छ भनेर बूढो मुसाले भनेको म कहिल्यै बिर्सन्न ।
हुनत मलाई अहिले पनि मेरो देश निक्कै माया लाग्छ
। तर स्वदेश र्फकन नपाएकोमा अब पहिलेजस्तो दुःख लाग्दैन । जहाँ बसे
पनि आप\mनो कर्तव्य गर्ने नै हो । अब म दिक्क भएर बस्दिन । मलाई मुसा
र खेलौना सबैले माया गर्छन् । जर्मनीमा मलाई नोन नाका वा नट क्राकर
भन्थे भने यहाँ साथीहरूले मलाई मायाले दाँते भन्छन् । काम अनुसार नाम
दिएकोमा मलाई खुशी नै लागेको छ ।
तर मलाई एउटा कुराको अझै दुःख र आशा पनि छ । मुसा
र खेलौनाहरूले मेरो महत्व बुझेर इज्जत गरे तर निमाले अझै पनि मलाई
चिन्न सकिनन् । हरेक वर्षनेपालमा तिहार आउँछ । तिहारमा लाखौँ सुपारी
र ओखर फोरिन्छ । तर सुपारी र ओखर फोर्न म दाँतेलाई कसैले पनि सम्झन्न
। आउने तिहारमा त पक्कै सम्झलान् र बुइँगलबाट सरेर बैठक कोठामा बस्न
पाउँला भन्ने आशा मैले मारेको छैन ।
Back |