|
Children's Stories (Nepali)
देउताको मकै
धेरै वर्षघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा
रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी
आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम
मार्था बुल थियो । उनीहरू किसान परिवारबाट आएका थिए ।
उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे
। गाउँगाउँमा घुम्थे र नयाँ जातको रुख बिरुवा देखे भने त्यसको बिऊ
बटुल्थे । आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले तरकारी उमार्थे
। उनीहरू मकैको धेरै प्रकारको परिकार बनाएर खान रुचाउँथे । उनीहरूले
बेलाबेलामा मकैको केक बनाउँथे । मकैको केक खाएर अरु शिक्षकहरू छक्कै
पर्थे ।
रिडीबजारदेखि एक किलो मिटरजति माथि उकालो चढेपछि
मलिलो बारी भएको एउटा गाउँ आउँछ । त्यहाँको माटोको रंग रातो भएकोले
त्यो गाउँलाई नै रातामाटा भनिन्छ । त्यो गाउँमा खुबै राम्रोसँग मकै
फल्थ्यो । एक पल्ट त्यो गउँमा एउटा मकैको बोटमा अचम्मैसँग घोँगा लाग्यो
। मकैको बोटको हरेक पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू
छक्कै परे । एउटा बोटमा दशबाह्र घोँगा मकै लागेको देखेर गाउँलेहरूले
यो देवताकै चमत्कार हो भन्ने हल्ला गरे ।
देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन
। बरु मकैको बोटलाई पूजा गरेर धुप बालेर बोटमा रातो र सेतो धजा बाँधिदिए
। मकै पाकेपछि जग्गा धनी किसानले वरिपरिको मकै भाँचेर स्याहारे तर
त्यो मकै भाँचेनन् ।
अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था
घुम्दै रातामाटा पुगे । उनीहरूले मकैको बोट सामान्यभन्दा अलि बढी सप्रेको
देखे । उनीहरूले अनुसन्धान गर्न भनेर एक घोँगा मकै किन्न मागे । तर
किसानले भन्यो, "देउताको मकै हो । म त भाँच्दिन ।"
जोनले सय रूपैयाँको नोट देखाएपछि किसानले आफै
भाँचेर लैजाने भए लैजाउन भन्यो । जोनले पनि एक सय रूपैया दिएर एक घोँगा
मकै भाँचेर लिए । बाकी मकै बारीमा त्यसै सुकेर कौवाले खाएर सिध्याइदियो
।
केही महिनापछि जोन र मार्था दुबै जना अचानक बिरामी
परे । रिडीबजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर आएर उनीहरूलाई
लिएर गयो । त्यसपछि रिडीबजारमा धेरै जना पिसकोर स्वयंसेवकहरू आए, गए
। रिडी बजारका बासिन्दाहरूले उनीहरूलाई बिस्तारै बिर्सर्ेे
झण्डै पच्चिस वर्षछि मार्था र बुल फेरि रिडीबजारमा
आए । त्यस बेला रिडीमा मोटर बाटो बनिसकेको थियो । तैपनि उनीहरू हेलिकप्टरमा
चढेर आए । उनीहरूले बीसबाइस वर्षो छोरा पनि सँगै ल्याएका थिए ।
पच्चिस वर्षछि जोन र बुला निक्कै फेरिइसकेका थिए
। उनीहरु सरासर हाई स्कुल कहाँ छ भन्दै सोद्धै स्कुलको आफिसमा पुगे
र आप\mनो परिचय दिए पछि बल्ल पुराना शिक्षकहरु र बजारका बूढापाकाहरुले
उनीहरुलाई चिने । त्यस बेला उनीहरुलाई चिन्ने मानिस रिडीमा कमै थिए
।
त्यति बेला रिडी हाई स्कुलको वाषिर्क उत्सवको
तयारी हुँदै थियो । उनीहरू वाषिर्कोत्सवको अवसर पारेर आएका रहेछन्
। वाषिर्क उत्सवको अवसरमा उनीहरूले स्कुललाई कहिल्यै बिर्सन नसकिने
अपत्यारिलो उपहार दिए । उनीहरूले हाई स्कुलको नयाँ भवन बनाउन पचास
लाख रूपैयाँ चन्दा दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई
पढाउनको लागि अमेरिकामा बुल फाउण्डेसन नामक कोषको स्थापना गरेको कुरा
सुनाए । साथै हरेक वर्षपाँच जना जेहन्दार विद्यार्थीहरूलाई अमेरिकामा
लगेर पढाउने घोषणा गरे ।
बुल दम्पतीको उदारता देखेर रिडीबजारका बासिन्दाहरू
छक्कै परे । तर अझै छक्क पार्ने कुरा त अकैै थियो । जोन बुलले भन्यो,
"तपाइँहरूले देउताको मकै फलेको घटना बिर्सिसक्नु भयो होला । तर
त्यही मकैले गर्दा हाम्रो भाग्य चम्क्यो । त्यो एक घोँगा मकै हामीले
हाम्रो देशमा लगेर अनुसन्धान गर्यौँ । त्यहाँ लगेर पनि त्यस्तै भयो
। हरेक पातसँग एक घोँगा मकै फल्यो । हामीले त्यो मकैको बिऊ उत्पादन
गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौँ र त्यसको बिऊ उत्पादन गरेर
बेच्न थाल्यौँ । किसानहरूले हाम्रो मकैको बिऊ निक्कै रुचाए । हाम्रौ
मकै बिऊ कम्पनी खुबै चल्यो । फलस्वरूप हामी यत्रो सम्पत्ती कमाउन सफल
भयौँ । यदि हामी यो ठाउँमा नआएको भए हामी अहिले सामान्य किसान नै हुने
थियौँ । म यो ठाउँ र यहाँका बासिन्दा तपाइँहरू प्रति आभारी छु । यो
ऋणको बोझ हलुँगो पार्न म यहाँ आएको हुँ ।"
जोनको कुरा सुनेर सबै जनाले ताली बजाए । मार्थाले
थपिन्, "त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन पनि अटुट
रहृयो । मकैको बिऊको पेटेन्ट अधिकार हामी दुबैको नाममा संयुक्त रूपमा
भएको हुनाले हामी कहिल्यै छुटि्टएनौँ । हाम्रो छोरा टनी बुललाई तपाइँहरूको
देशमा ल्याउन पाउँदा मलाई कत्ति खुशी लागेको छ । टनी पनि निक्कै खुशी
छ ।"
जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई
भेटेर उपहार दिन खोजे । तर किसानको परिवार ऋण लागेर घरखेत बेचेर मधेस
झरिसकेको रहेछ । उसको बारेमा गाउँमा कसैलाई पनि थाहा रहेनछ । यो कुरा
सुनेर उनीहरूलाई साह्रै दुःख लाग्यो ।
Back |