|
Children's Stories (Nepali)
छेपारोको फुल
"ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल
फुटाइहाल्यो ।
सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो
पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै
एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० वटा भेटिए !
"बा, के हो यो - सरुले उत्सुक भएर सोध्यो
।
"छेपाराका फुल यही हो थाहा पाइराख बाले भने
।
"किन त गिलो छ नि - पुड्के च्याउ जस्तो पो छ त सरुले एउटा फुल
हातमा लिँदै सोध्यो ।
"छेपाराको फुल यस्तै हुन्छ बाले भने ।
"छेपारी कसरी ओथारो बस्छे त बा सरुले जान्न
खोज्यो ।
बाले बेलिविस्तार लगाउँदै भने, "हेर र्सपले
झैा छेपाराले पनि माटामुनि फुल पार्छ र छोड्छ, ओथारो बस्दैन । समय
पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छन् ।
"यसभित्र बच्चा छ त बा - भन्दै सरुले एउटा
फुल कोदालीले थ्याच्च थिचिदियो । बाले रोक्ने मौकै पाएनन् ।
फुलबाट सेतो झोल र पूरा नबनेको छेपारोको बच्चा
निस्क्यो । सरुले "छ्या भन्दै माटाले ढाक्न खोज्यो ।
"के गरेको सरु यस्तो - बाले रिसाउँदै भने
"यस्तो नकाम पनि गर्न हुन्छ -
बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो । "छेपारो
विषालु हुन्छ हैन र बा - यसले टोक्यो भने मरिन्छ भन्छन् नि ! यस्तो
शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा -
छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले,
"हेर छेपारो हाम्रो शत्रु हैन मित्र हो । किनभने यसले बारीमा
तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेंग्रा खाइदिन्छ । स्कूलमा तिमीलाई
यस्तो कुरा सिकाउँदैनन् र -
सरोवरले "थाहा छैन भन्ने भावले टाउको हल्लायो
र फुल फुटाएकोमा पछुतो मान्यो । बाबु छोरा मिलेर बाँकी फुल माटोमा
राम्ररी ढाकिदिए ।
भरे सुत्ने बेलामा पनि सरोवरको मनमा छेपाराको
कुरा खेलिरहेको थियो ।
सरुले झयालमा रातो टाउको भएको छेपारोले आफुलाई
हेरिरहेको देख्यो । ऊ डरायो । तर छेपारोले टाउको तलमाथि गरेर केहीबेर
चलाएर आँटा चिम्लेको देखेपछि उसको डर घट्यो ।
सरु बाहिर आउन बारीमा खेल्न जाउँन । सरुले मीठो
आवाजमा कसैले डाकेको सुन्यो । तर त्यहाँ छेपारो बाहेक अरु कोही थिएन
। ऊ उठ्यो र झयालतिर गयो । छेपारो फुत्त उपे|mर झयाल बाहिर सुन्तलाका
हागाँमा पुग्यो ।
सरुले सुन्तलाको बोटमाथि हेर्यो । त्यहाँ सुन्तलाको
फूल भर्खरै फुल्न लागेको थियो । तर पतेरा लागेर फूललाई हानी पुर्याइरहेको
थियो । सरुले त्यहाँ १० १५ ओटा छेपाराहरु देख्यो । ती छेपाराले सुन्तलाका
फूल र पातमा लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए ।
छेपाराहरु सुन्तलाका हाँगा हाँगामा उप्रFmदै खेल्दै
पतेरा खाँदै रमाइरहेका थिए । सरुले दिउँसो छेपाराका फुल फुटाएकोमा
निक्कै पछुतो मानिरहेको थियो । यत्तिकैमा उसले छेपाराहरु कुरा गरिरहेको
सुन्यो ।
"हेर यसपाली यो बारीमा कीरा सबै सखाप पार्नु
पर्छ एउटाले भन्यो ।
"हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखवारी
गर्ने ! अर्को छेपारोले कुरा काट्यो ।
"हैन त्यो सानो बाबुले त अन्जानमा फुटालेको
हो । पछि जतन गरेर अरु फुल त माटाले ढाकिदियो नि । अन्त भए फुल जम्मै
फालिदिन्थे वा अरु जीवले खाइदिन्थे, यो ठाउँका मान्छेले हाम्रो काम
बुझेका छन् यसैले अब हामी सधैं यही बस्नर्ुपर्छ । पहिलो छेपारोले भन्यो
।
यी कुरा सुनेर सरोवर अनायास चिच्यायो-"हुन्छ
हुन्छ । अब म तिमीहरुलाई केही गर्दिन ।
सरोवर न्रि्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन्- "के
भनेको - के गर्दिन भनेको सरु
सरुको न्रि्रा खुल्यो । ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो ।
बालपत्रिका मुना मासिक, वर्ष२, अंक ९, भदौ २०४९
मा प्रकाशित ।
Back |