|
Children's Stories (Nepali)
बोकाको आत्मकथा
मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पाहोरै हो
। तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर
रामुलाई भेट्ने मेरो ठूलो रहर छ ।
रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर
हर्ुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा पाठापाठी
जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए एउटा सेतो थियो । म भनेँ मिर्गजस्तो
सुनौलो र बीचबीचमा सेतो टाटेपाटे थिएँ । मेरो निधारमा त्रिशुलजस्तै
सेता तीन वटा धर्का थिए ।
रामुले मलाई निक्कै माया गथ्र्यो । मलाई बोकीबोकी
मेरी आमाको छेउमा लैजान्थ्यो र दूध चुस्न लगाउँथ्यो । दूध ख्वाउन झिँजो
लागेर आमा भाग्न खोजिन् भने रामुले समातेर मलाई दूध खान सघाउँथ्यो
।
हामी ठूला भएपछि एकएक वटा गरी बजै अर्थात् रामुकी
हजुरआमाले अरु तीन वटालाई बचिदिइन् । तर मलाई रामुले बेच्न दिएन ।
मलाई बेच्न खोज्यो की रामु मेरो घाँटीमा झुण्डिन्थ्यो र मलाई लैजान
दिन्नथ्यो । धेरै पटक बजैले मलाई किन्न आउनेसँग लिएको बैना फर्काएकी
थिइन् । त्यसपछि बजैले कहिल्यै मलाई बेच्ने कुरा गरिनन् ।
मलाई त्यस्तो माया गर्ने रामु काठमाडौँ गएको दर्ुइ
वर्षभइसकेको थियो । रामु गएदेखि मेरो खेल्ने साथी नै छैन । बनमा भैँसी
चराउन जाँदा रामुले मलाई पनि सँगै लैजान्थ्यो । हामी दिनभरि सँगै हुन्थ्यौैँ
। ऊ भैँसीको आङमाथि बसेर मैले घाँस खाइरहेको हेथ्र्यो । धेरै पटक उसले
मलाई चितुवा र स्यालबाट जोगाएको छ । मसँग भुल्दा भैँसी खेतमा पसेर
रामुले पिटाइ खानु परेको छ ।
एक पल्ट रामुले मलाई पनि भैँसीमाथि चढाउन खोज्दा
भैँसी बिच्केर हामी दुबैको झण्डैले खुट्टा भाँचिएको थियो । चरिरहेको
भैँसीमाथि रामु आरामसाथ सुतेको, भैँसीमाथि बसेर खोलामा नुहाइदिएको
हर्ेदा मलाई निक्कै मजा आउँथ्यो । त्यस्तो बेलामा म पनि खुशीले उप|mन्थेँ
। तर भैँसीको नजिक जान र पानीमा बुड्न मलाई डर लाग्थ्यो ।
गाउँका अरु केटाकेटीहरु स्कुल जान्थे, तर रामु
स्कुल जान्नथ्यो । उसलाई स्कुल पठाउन कर गर्ने कोही थिएन । बजैलाई
उसले टर्ेर्दैनथ्यो । ऊ स्कुल गयो भने गोठका बस्तुभाउ हर्ेर्ने कोही
पनि हुँदैनथ्यो ।
दर्ुइ वर्षघि रामुको मामा गाउँमा आएका थिए । भांजा
पढाइमा नलागी गोठालो बनेको मामालाई कत्ति पनि चित्त बुझेन छ । उनले
रामुलाई फकाईफकाई आफूसँगै काठमाडौँ लगे ।
रामु गएपछि म धेरै दिन रोएर बसेँ । तर पछि बानी
पर्दै गयो । बजैले छिमेकीहरुसँग रामुको कुरा गरेको सुन्थेँ । रामुको
मामाको काठमाडौँमा ठूलो घर छ रे । रामु स्कुलमा पढ्न थालेको छ रे ।
उसले अंग्रेजी बोल्न सिकिसक्यो रे । यस्ता कुरा सुन्दा मलाई खुशी लाग्थ्यो
र कहिले ऊसलाई भेट्न पाउँछु होला भनेर कल्पन्थेँ ।
पोहोरको दशैँमा पनि ऊ घर आएन । बजै आफै मलाई लिएर
काठमाडौँ जान्छु भनेको पनि जानसकिनन् । यस पाली पनि रामु दशैँमा घर
नआउने खबर आएपछि बजैले मलाई लिएर जाने निधो गरिन् । मलाई काठमाडौँ
जान पाएकोमा खुशी भएको देखेर मसँगै चर्ने मेरा दौँतरीहरु भन्थे, "काठमाडौँ
गएपछि कोही पनि र्फकन्न रे" । म जान पाएकोमा इख गरेर यसो भनेका
होलान् । डराएर नजाओस् भन्ने चाहेका होलान् । भन्नेले भनुन् ।
फूलपातीभन्दा केही दिनअघि बजैले काठमाडौँ जाने
तयारी सकिन् । रामुको लागि सेल रोटी, कुराउनी र फलफूल तरकारीको भारी
कसिन्, अनि एकदिन भरियालाई अघि लगाउँदै मलाई डोर्याँदै बजारतिर लागिन्
।
एक घण्टाजति हिँडेपछि बजार आइपुग्यो । बस स्टेसनमा
पुगेपछि बजैले काठमाडौँ जाने बस कुन हो भनेर सोधिन् । टिकट किनिन्
। भारी बसको छानामा राख्न लगाइन् । म बसभित्र जान निक्कै हतारिएको
थिएँ । तर एक जना मानिस आएर मेरो बाटे छेक्दै भन्यो, "यो नाइट
बसमा पनि कहाँ खसी बोकालाई बसभित्र राख्ने - यसलाई त डिक्कीमा राख्ने
हो ।"
त्यो मान्छेको कुरा सुनेर बजैले मेरो दाम्लो त्यो
मानिसलाई दिइन् । उसले मलाई जबर्जस्ती डोर्याउँदै बसको पछाडि लग्यो
र जुरुक्क बोकेर सामान राख्ने ठाउँमा राखिदियो । त्यहाँ मैले कहिल्यै
नदेखेका, नचिनेका चारपाँच वटा खसीबोका थिए । तीमध्ये कसैका निक्कै
लामा सिङ थिए भने कसैको दाह्री निक्कै लामो थियो । उनीहरु पनि दशैँ
मनाउन काठमाडौँ जान लागेका रहेछन् ।
एक छिनपछि डिक्कीको ढोका बन्द गरियो र बाहिरबाट
ताल्चा मारेको सुनियो । भित्र घोर अन्धकार भयो । बस हल्लियो र गुड्न
थाल्यो । पहिलो पटक बसमा बसेकोले होला मलाई निक्कै डर लाग्यो । तर
रामुलाई भेटन पाउने कुराले मेरो डर हरायो ।
पूरै रात बितेपछि हामी बसेको डिक्कीको ढोका खुल्दा
विहानको उज्यालो देखियो । हामी काठमाडौँ आइपुगिसकेछौँ । बाहिर निस्कँदा
जाडो भयो । मलाई लिन पक्कै पनि रामु आएको होला भन्ने मलाई लागेको थियो
। बजैलाई लिन आएका रामुको मामालाई मैले चिनेँ । मामासँगै आएको ओँठमा
जुँगाको रेखी बसेको एउटा केटोले बजैलाई हातमा ढोग्यो । ऊ रामु नै हुनर्ुपर्छ
भन्ने मलाई लागेको थियो । तर उसले मलाई अंगालो मार्न नआएकोले मलाई
शंका लाग्यो । खेतका कान्लामा नांगै खुट्टा दगर्ुर्ने रामु त्यो पक्कै
पनि होइन किनकि त्यो केटाका खुट्टामा टल्कने जुत्ता थिए । भैँसीका
आँगमा चढेर खोलामा नांगै नुहाउने रामुको जिउ कस्तो छ भन्ने मलाई राम्ररी
थाहा थियो । तर त्यो केटाको जिउमा सुकिलो लुगा थियो । मतिर कर्के आँखाले
हर्ेदा पनि त्यो केटो मेरो प्यारो साथी रामु नै हो भनेर मैले अडकल
नै गर्न सकिन ।
उसले मतिर औँल्याउँदै बजैलाई भन्यो, "किन
ल्याउनु भएको यो तीन धर्केलाई - कहाँ राख्ने यसलाई - शहरमा घाँस पाइन्न,
के ख्वाउने -" उसको कुरा सुनेर म छाँगाबाट खसेझैँ भएँ । बजैले
के जवाफ दिइन् मैलै सुन्न पाइन, सुन्ने मन पनि भएन । रामुले रिसले
खुट्टा बजार्दै गरेको देखेँ । मलाई त्यहीँबाट गाउँमा फर्कुँजस्तो लाग्यो
। तर र्फकने कसरी - भागूँ भने मोटरले किच्ला भन्ने डर । कहाँ जाने
- मलाई काठमाडौँ आएकोमा पछुतो लाग्नथाल्यो । बाध्य भएर म रामुको पछिपछि
लागेर उसको मामाको घरमा पुगेँ ।
मलाई हर्ेन मामाको घरका केटाकेटीहरु आए । साना
केटाकेटीहरु "खसी आयो, दशैँ आयो । रामु दाइको खसी आयो" मनेर
कराए । मेरो ढाड छामेर मोटै रहेछ भन्दै रामुका मामा मुसुक्क हाँसे
।
"खसी त आयो तर यसलाई राख्ने कहाँ हो - कसैलाई
पाल्न दिनर्ुपर्छ कि -" रामुकी माइजुले मामातिर हर्ेर्दै भनिन्
। बजैसँग छुट्टनिु पर्ला भनेर मलाई डर लाग्यो ।
"खै, यो दशैँको बेलामा कसले पाल्छ र ! अफिसको
पाले पनि छुट्टी लिएर घर गइसक्यो । अब जसोतसो यहीँ कतै राख्नुपर्ला
।" मामाले भनेको सुनेपछि म अलि ढुक्क भएँ ।
उनीहरुको कुरा सुन्दा मामाको घरभित्र म पस्नै
नहुने हो कि जस्तो लाग्यो मलाई । भित्र के रहेछ भनेर हर्ेन मन लाग्यो
। ढोका नजिक गएर चियाएँ । भित्र भुइँमा कतै पनि ढुंगा, माटो वा इँट
बिछयाएको रहेनछ । ढोकैदेखि बाक्लो लचकलचक लच्कने गलैँचा ओछयाएको रहेछ
।
केही बेर छलफल गरेपछि ढोकाभित्र भरेङको छेऊमा
गलैँचामाथि ठूलो प्लास्टिक ओछयाए मलाइ भरेङको बारमा बाँधेर राखे ।
मलाई भोक लाग्न थाल्यो । तर त्यहाँ हरियो घाँस थिएन । गमलामा फूलहरुमात्र
थिए । आगनमा सानो टुक्रा जमिनमा हरियो दुबोजस्तो घाँस देखेँ । काठमाडौँका
मानिसहरु गुन्द्रीजत्रो जमिनमा भए पनि हजारौँ रुपैयाँ पर्ने अस्टे्रलियन
दुबो रोप्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भनेको सुनेको थिएँ । सायद
त्यो त्यही दुबो होला । मलाई त्यस्तो दामी दुबो खान दिने कुरा पनि
भएन । अब कसरी भोक मेट्ने -
राती सबैले खाना खाइसकेपछि मलाई पनि खाने कुरा
ल्याइदिए ( दाल भात र उब्रेको तरकारी । मान्छेले खाने कुरा बोकाले
कसरी खाने - तैपनि भोकको सुरमा दर्ुइचार गाँस खाएँ । रात छिप्पिँदै
गएपछि मलाई भोकले चाप्न थाल्यो । गाउँको हरियो घाँस सम्झेर अनि भोकले
आत्तिएर रुन कराउन थालेँ ।
म कराएकोले घरका मानिसहरु सुत्न पाएनछन् । रामुको
मामाले तल ओर्लेर बत्ती बाले । भुइँभरि मेरो बक्र्यौला छरिएको, पिसापले
गन्हाएको र गलैँचा भिजेको देखेर उनी चिच्याउन थाले, "हेर रामु,
त्रि्रो बोकाले त बर्बादै गरेछ । लौ यसलाई झट्टै बाहिर राख्नुपर्यो
।"
रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको
बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । बाहिर
रामु र म एक्लै भएपछि उसले मलाई माया देखाउला, मेरो कुरा सुन्ला भन्ने
आशले म कराउन थालेँ । तर रामुले रिसाउँदै मलाई लात्तीले भकर्ुन थाल्यो
। म झन ठूलो स्वरले कराउन र रुन थालेँ । रामुले मोटो लौरो खोजेर ल्यायो
र मलाई बेस्सरी पिट्न थाल्यो । मलाई पनि रिस उठयो । म पनि रामुमाथि
जाइलागेँ । ऊ भुइँमा पल्टयो । उसको हातबाट मेरो दाम्लो छुटयो । यही
मौका छोपी म त्यहाँबाट भागेँ ।
मलाई मेरो गाउँ जाने बाटो थाहा छैन । तर म भाग्दैछु
। जसको गाउँमा भए पनि पस्दैछु । सहरदेखि सकेसम्म टाढा जाँदैछु र दशैँमा
काठमाडौँ जान हुन्न भन्ने खबर जताततै पुर्याउन पाए अरु बोका खसीको
भलो हुन्थ्यो भनेर आफ्नो कथा सुनाउँदैछु ।
-कोपिला, कान्तिपुर बालकोसेली २०५९ असोज ११ मा प्रकाति)
Back |