|
Children's Stories (Nepali)
बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो -
लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हर्ेर्दै थियो
। बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा
आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो
भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा
भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि
थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो । दराजभित्र बसेर
सिसाभित्रबाट लुकीले टेलिभिजन हर्ेनसक्थ्यो ।
घरमा घरपटी बाबु आमा छोरी र छोरा गरी चार जना
थिए । बाबुले टेलिभिजन खोलेर समाचार हेथ्र्यो । कहिले काहिँ ज्ञान
विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हर्ेर्नेगथ्र्यो । आमाले कथा
श्रृंखला कार्यक्रम हर्ेन रुचाउँथिन् । छोरीलाई फिल्म र फेसन मनपथ्र्यो
भने सानो छोरा कार्टर्ुुहर्ेन भनेपछि हुरुक्क गथ्र्यो । कार्टर्ुुा
पनि उसले टम र जेरी नामक मुसा र बिरालोको कथा निक्कै रुचाउँथ्यो ।
लुकीलाई पनि टम र जेरीको कार्टर्ुुकथा मनपथ्र्यो
। सुरुमा त बिरालो टम र मुसा जेरीको झगडा, मारामार देख्दा लुकी निक्कै
डराउँथ्यो । जेरीले टमलाई झुक्याएको र दुःख दिएर हैरान पारेको देखेर
उसलाई निक्कै रमाइलो लाग्न थाल्यो जेरीले टमलाई हायलकायल पारेको देख्दा
लुकी पेट मिचीमिची हाँस्थ्यो ।
बिहान छोरी र छोराले स्कुलको गृहकार्य गर्नु पर्ने
र दिनभरि स्कुल जाने हुनाले लुकीले विहान र दिउँसो कार्टर्ुुहर्ेन
पाउन्नथ्यो । दिउँसो आमाले रुचाएको टेलिश्रृंखला हर्ेर्थिन् । दिनभरि
बाबु पनि घरमा हुन्नथ्यो । बाबुले विहानमात्रै टेलिभिजन हर्ेने समय
पाउँथ्यो । टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरु
हेथ्र्यो । लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरु हर्ेर्नुपथ्र्यो
।
एक विहान बाबुले टेलिभिजन हर्ेर्दैथियो । बनका
जीवजन्तुहरुलाई जोगाउन के प्रयास गरिँदै छ भन्ने कार्यक्रम देखाइँदै
थियो । त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो । बनमा बस्ने
केही पशुपंछी तिनीहरु बस्ने बन र बासस्थ्ाान मासिन थालेको रहेछ । तिनीहरुले
खाने फलफूल, बनस्पति पनि नपाइन थालेछ । अनि मानिस र अरु जीवजन्तुले
तिनको शिकार गर्नाले यो संसारबाटै केही जीवजन्तु हराउन लागेका रहेछन्
। तिनीहरुको बस्ने वातावरण संरक्षण गर्ने, मनग्गे खाने कुरा पुर्याउने
र तिनलाई मानिस र अरु जीवहरुबाट जोगाउने प्रयास भइहरेको कुरा पनि टेलिभिजनमा
देखाइँदै थियो ।
लुकीले टेलिभिजन हर्ेर्दै थियो । केही मानिसहरुले
बनबिरालोलाई रबरको गोली हानेर बेहोस पारेर समाते । उनीहरुले बनबिरालोको
कानको पछाडि सिमीको दानाजत्रो यन्त्र बाँधिदिए । केही बेर पछि बनबिरालो
होसमा आयो र दगुरेर बनमा हरायो । मानिसहरु खुशी भए र उनीहरुले एउटा
यन्त्रमा हेरे । त्यसमा बनबिरालो कुन दिशामा र कति टाठा छ भन्ने देखाइरहेको
थियो । मानिसहरुले घेरै बनबिरालो समाते र ती सबैको कानको पछाडि ट्रान्समिटर
यन्त्र जडान गरेर छाडिदिए । यसरी बनबिरालोको दैनिक गतिविधि पत्ता लगाएर
तिनीहरुको बासस्थान, भोजन र सुरक्षाको व्यवस्था गर्न सजिलो भएको कुरा
लुकीले पनि थाहा पायो ।
त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपर्ूण्ा
विचार आयो । बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरुले बिरालोको घाँटीमा
घण्टी बाँध्ने प्रयास गरेको धेरै वर्षभयो । यो प्रयासमा धेरै मुसाले
ज्यान पनि गुमाए । तै पनि तिनीहरुले यो प्रयास रोकेका थिएनन् । मुसाहरुको
यो ऐतिहासिक प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो । ऊ आफ्ना साथीहरुलाई
खोज्न गयो ।
साथीहरुलाई भेटेर लुकीले मुसाहरुको भेला डाक्यो
। भेलामा बूढापाका मुसाहरु, दुलोदेखि दरबारसम्म बस्ने मुसाहरु, तन्नेरी
मुसा, बुद्धिमान मूसा, जोसिला मुसा, बलिया मुसा, लड्नभिडन खप्पिस मुसा
आदि अनेक थरीका अनेक सीप भएका मुसाहरु आए । लुकी मुसाले टेलिभिजनमा
बनबिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय
गरेको देखेको कुरा सुनायो ।
लुकीको कुरा सुनेर धेरै मुसाहरु उत्साहित भए ।
हुन त बिरालोले घाँटीको घण्टी चुँडालेर फालेझैँ ट्रान्समिटर फाल्न
सक्तैनथ्यो । तर समस्या उही थियो । बिरालोको जिउमा कसरी ट्रान्समिटर
जडने - बूढा मूसाहरुले यसमा पनि पुरानै समस्या देखे । तर जोसिला र
होसियार मुसाहरुले यसको पनि उपाय निकाले । उनीहरुले कामको वाँडफाँट
गरे ।
इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले
यस्तो ट्रान्समिटर यन्त्र ल्यायो जसबाट निरन्तर एक प्रकारको मसिनो
ध्वनि निस्कन्थ्यो । मुसाहरुले मात्रै त्यो ध्वनि सुन्नसक्थे ।
औषधी पसलको स्टोरमा बस्ने मुसाले निँद लाग्ने
औषधी ल्यायो । बिरालोले खाने दूध वा मासुमा त्यो औषधी मिसाइदियो भने
बिरालो दिनभरि बेहोस भएर निदाउनसक्थ्यो ।
अस्पतालको अपरेसन कक्षमा बस्ने मुसाले डाक्टरले
चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो । यसबाट बिरालोको पुच्छर
वा कुनै अंगमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो ।
केही मुसाहरुले ढाडे बिरालो कहाँ बस्छ र कहाँ
कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए । सबै सामान जुटेपछि ढाडे बिरालोले
जुन भान्छाबाट सँधै दूध चोरेर खाने गर्छ त्यही भान्छा कोठामा बस्ने
मुसाले दूधमा निँद लाग्ने औषधीको धेरै चक्की मिसाइदियो । त्यसपछि केही
मुसाहरु कहिले बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे
।
राती घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो
चाल मारेर भान्छा कोठामा पस्यो । ऊ सरासर दूधको कुँडेतिर गयो र कुँडेभित्रको
दूघ मज्जाले पियो । दूध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर
खायो । अनि मुख र जुँगा चाट्दाचाट्दै बिरालो निँदले लठ्ठ परेर त्यही
भान्छाको भुइँमै पल्ट्यो ।
मौका छोपेर मुुसाहरु आआफूले जिम्मा लिएको काम
गर्न हतारिए । अस्पतालमा बस्ने तीखे मुसाले चक्कुले बिरालोको मोटो
पुच्छरमा गहिरो घाऊ बनायो । इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर
पुच्छरमा जडेपछि तीखेले घाऊ सिइदियो । उसले घाउको वरिपरि व्याण्डेज
बेरेर नफुस्कने गरी बलियोसँग बाँधिदियो ।
अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको
ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत पाँच मिटर वरिपरिका मुसाले सुन्नसक्थे
। यसरी ढाडेबाट जोगिन मुसाहरुलाई निक्कै सजिलो भयो । मुसाहरुलाई अब
बिरालोले झुक्याएर मार्न नसक्ने भयो । उनीहरुको जीवन अब सजिलो र रमाइलो
पनि भयो । तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्छा र भण्डार कोठामा
भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो ।
Back |