|
Children's Stories (Nepali)
झयापुल्लेको बिजोग
झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको
थियो । त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो । ऊ राती
आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा, बा र तीन वटी दिदीहरुले
उसलाई कपाल काट्न् धेरै पटक भन्दा पनि उसले मानेन ।
एक दिन साँझ भात खाने बेलामा झयापुल्लेले उधुमै
मच्चायो । उसले कसैको पनि कुरा टेरेन । उल्टै रिसाएर ऊ भात नखाई सुत्न
गयो ।
झयापुल्ले सुत्न गएपछि उसका आमा, बा र दिदीहरुले
उसलाई कसरी तह लाउने भन्ने सल्लाह गरे । उसको कपाल नकाटि हुँदैन भन्ने
निधो भयो । राती ऊ मस्तसँग निदाएको बेलामा उसको कपाल काटिदिने योजना
बन्यो । तर ऊ मुडुलो नदेखिने गरी कपाल छोटो मात्रै पार्ने सल्लाह भयो
।
राती झयापुल्लेकी आमा उठिन् र सुस्तरी उसको कोठामा
गइन् अनि धारिलो कैंचीले बिस्तारै झयापुल्लेको कपाल अलिअलि काटिदिइन्
।
केही बेरपछि झयापुल्लेको बा उठयो । आमाचाहिँले
झयापुल्लेको कपाल काटिसकेको कुरा उसलाई थाहा भएन । ऊ पनि चाल मारेर
झयापुल्लेको कोठामा गयो र थाहा नपाउने गरी कपाल छोटयाइदियो ।
रात धेरै छिप्पिइसकेपछि झयापुल्लेकी ठूली दिदी
उठिन् । सल्लाह अनुसार उसले पनि सुस्तरी झयापुल्लेको कोठामा गएर उसको
कपाल काटेर आफ्नो कोठामा आएर निदाइन् ।
ठूली दिदीले झयापुल्लेको कपाल काटेको कुरा मस्त
निन्द्रामा परेका दुइटी बहिनीहरुले थाहा पाइनन् । उनीहरुले पनि पालैसँग
चाल मारेर झयापुल्लेको कोठामा गएर कपाल काटिदिए ।
भोलि बिहान झयापुल्ले उठ्दा उसले आफ्नो ओछयानभरि
रौंका गुजुल्टा छरिएको देख्यो । ऊ हत्तपत्त ऐना हर्ेन गयो । ऐनामा
उसले एउटा मुडुला भालु देख्यो । उसले हात टाउकोमा लगेर छाम्यो । ऐनाको
मुडुला भालुले पनि त्यस्तै गरेको देखेर ऊ एक्कासी चिच्यायो । "मलाई
कसले मुडुला बनाइदियो-" ऊ रुन कराउन र भुइँमा लडिबुडी गर्न थाल्यो
।
झयापुल्ले रोएको सुनेर सबै जना उसको कोठामा पुगे
। उसको मुडुलो कपाल देखेर उनीहरु सबै छक्कै परे । अनि एकअर्कालाई हर्ेर्दै
सोध्न थाले ।
आमा, "कसले यति छोटो गरेर काटिदियो - मैले
त थारै मात्रै काटेकी थिएँ ।"
बा, "तिमीले पनि यसको कपाल काटिदिइछौ -"
ठूली दिदी, "कसैले पनि काटेन होला भनेर मैले
पनि थोरै काटिदिएकी थिएँ ।"
"हे भगवान मैले पनि यसको कपाल काटेकी थिएँ
।" माइली दिदीले भनिन् ।
"पाँचै जनाले कपाल काटिदिँदा हेर मेरो भाइको
अनुहार कास्तो भयो । बिचारा !" भन्दै कान्छी दिदी भाइसँगै रुन
थालिन् ।
-कोपिला, कान्तिपुर बालकोसेलीमा २०५९ मंसिर २०
गते शुक्रबार प्रकाशित)
Back |