|
Children's Stories (Nepali)
बाघको सत्कार
चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै
तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा
छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो
। गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, "जे
भए पनि निम्तोको अपमान गर्न हुँदैन । जाँदैमा केही ब्रि्रन्न ।"
छोरी गैँडा अलि हच्किन् । के कामले बोलाएको हो
नबुझी किन जाने - उनले नजाने विचार पोखिन् । तर कान्छा गैँडालाई दिदीको
कुरा चित्त बुझेन । बाघको घरमा निम्तो खान जाने भनेपछि ऊ खुशीले फनक्क
धुमेर नाच्यो ।
बाघको निम्तोमा के कारणले नजाने - पत्याउनसकिने
बहाना पनि चाहियो । आउन्न भन्ने आंट पनि चाहियो । तर उनीहरुसँग ती
दुबै कुरा थिएन । यस कारण गैँडा परिवार निम्तो मान्न जाने तयारीमा
लाग्यो ।
गैँडाले आफू र कान्छाको लागि दौरा सुरुवाल, कोट,
टोपी र जुत्ता किनेर ल्यायो । श्रीमती र छोरीले गुन्यूचोलोको व्यवस्था
गरे । बाघको गुफामा जाँदा केकस्तो व्यवहार गर्नुपर्छ भनेर जहानभित्रै
छलफल भयो । सबैले नङ काटे । खोलामा गएर नुहाए । खोलामा पौडी खेल्दा
कान्छा गैँडाले एउटा सहर माछा समात्यो । उनीहरुले त्यो माछा जतन गरेर
बाघलाई कोसेली लगिदिने निधो गरे ।
छिमेकी गैँडाको मदत लिएर श्रीमती र छोरी पनि सिंगारिए
। साँझपख गुलाफ, चम्पा, चमेली आदि बासना आउने फूलहरु जिऊभरि दलेर गैँडा
परिवार बाघको गुफामा निम्तो खान गयो । गुफाभित्रको सजावट देखेर गैँडापरिवार
चकित पर्यो । चितुवा, स्याल, दुम्सी, ढेँडूहरु पाहुनाहरुको खातिरदारी
गर्न तैनात थिए ।
गैँडाहरुले जीवनमा कहिल्यै नखाएका, जंगलमा नपाइने
स्वदिष्ट परिकारहरु, पहिलो पटक खान पाए । उनीहरु प्रशन्न भए । बाघ
र बघिनीको आदेशमा चितुवा, स्यालहरुले उनीहरुलाई थपीथपी ख्वाए ।
माछा कोसेली ल्याएकोमा गैँडालाई धन्यवाद दिँदै
बाघले भन्यो, "हाम्रा खोलानालामा अझै पनि यस्ता माछा बाकी रहेछन्
। यी माछाको स्वाद तिख्खर भए पनि कांढा धेरै हुन्छ होइन - कांढा भएको
माछा खानु निक्कै जोखिम हुन्छ ।" बघिनीले त्यो माछा स्याललाई
घरमा लगेर खाऊ भनेर दिइन् ।
बिदा हुने बेलामा बघिनीले सोधिन्, "छोरीको
बिहे कहिले गर्ने हो - भोज ख्वाउने हैन- श्रीमती गैँडाले विनम्र हुँदै
भनिन्,"भोज खान छोरीकै बिहे किन पर्खनु पर्छ र फर्ुसत भए पाउकष्ट
गर्नुहोस् न हाम्रो घरतिर पनि ।
श्रीमती गैँडाको कुरा सकिन नपाउँदै बघिनीले भनिहालिन्,
"हुन्छ नि त । गुफामा बस्दाबस्दा दिक्क लाग्यो । तिमीकहाँ आएर
एक दिन रमाइलो गरौँला ।"
घर आइपुगेपछि गैँडा र गैँडिनीले एकै चोटी मुख
खोले, "बाघ र बघिनीको स्वागत सत्कार कसरी गर्ने -" छोरी
बुद्धिमती थिइन् । उनले भनिन्, "बाघको निम्तोमा केही रहस्य छ
जस्तो मलाई पहिले नै लागेको थियो । अब त झन घरैमा आउने भए । जे भए
पनि उनीहरुको सत्कार त गर्नै पर्यो ।" कान्छा गैँडा भने मिठोमिठो
खान पाइने भयो भनेर दंग पर्यो ।
केही दिनपछि बघिनीले गैँडाको संचोबिसंचो बुझन
स्याललाई पठाइन् । वास्तवमा संचोबिसंचो बुझने त बहानामात्रै थियो ।
खास उद्देश्य त गैँडाहरुले कहिले भोज खान डाक्छन् भनेर बुझनु र यदि
बिर्सर्ेे भए सम्झाउनु थियो । यसैले गैँडा परिवारले स्यालमार्फ बाघलाई
सपरिवार भोज खाने निम्तो पठायो ।
गैँडाको निम्तो पाएपछि बाघ र बघिनीले आफ्नो भित्रिया
दूत चितुवालाई गैँडाकहाँ पठायो । बाघ गुफामा बस्थ्यो भने गैँडा झडीचौरमा
बस्थ्यो । गुफाभित्र ठूलाठूला कोठाहरु, भान्छा कोठा, भण्डार कोठा,
सुत्ने कोठाहरु, नुहाउने कोठा, चर्पी, पौडीखेल्ने पोखरी आदि विभिन्न
सुविधाहरु थिए । त्यहाँ चर्पी सफा गर्नेदेखि खानेकुरा पकाउने भान्छे
र बैठक सजाउने बैठकेजस्ता विभिन्न काम गर्ने नोकर चाकरहरु थिए । गैँडा
बस्ने झाडीचौरमा न त कोठा थियो न त भान्छा नै । चर्पी र पोखरीको त
कुरै भएन ।
गैँडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैँडालाई भन्यो,
"गैँडा दाइ, बाघ भनेको बनको राजा हो । राजाको सम्मान त्रि्रो
यो झाडीमा गर्न गाह्रो छ । तैपनि बाघले निम्तो स्वीकारिसक्नु भएको
छ । यो नै त्रि्रो लागि ठूलो सौभाग्यको कुरा हो । यदि तिमीले साँच्चै
नै बाघको सत्कार गर्ने हो भने मैले भनेजस्तो गर्नुपर्छ । अनिमात्रै
बाघ परिवार लिएर यहाँ पाल्नुहुन्छ ।"
गैँडा र उनीकी श्रीमतीले केके गर्नुपर्छ होला
भनेर उत्सुक हुँदै सोधे । चितुवाले भन्यो, "पहिलो कुरा त बाघ
सपरिवार आउनुहने हुनाले उहाँहारुको सुखसुविधा हर्ेनको लागि गुफाका
सबैजसो नोकरचाकर पनि उहाँहरु सँगै आउँछन् । सबै जना यहाँ अटाउँदैन
। यो ठाउँ त्यति सुरक्षित छैन । यसैले सबै जना बस्न र खानका लागि चौरमा
पालले बेरेर बस्ने व्यवस्था गर्नु पर्छ । बाघको परिवार र नोकरचाकर
गरेर जम्मा पचास साठी जना जति आउलान् ।"
चितुवाको कुरा सुनेर गैँडा दम्पती छक्कै पर्यो
। उनीहरुले छोरीको बिहेमा पनि यति धेरैलाई ख्वाउनुपर्ला भनेर सोचेका
थिएनन् । चितुवाको कुरा अझै सकिएको थिएन । उसले भन्यो, "जहाँसम्म
खानेेकुराको परिकारको कुरा छ बाघले यो बनको कुनै पनि खानेकुरा खानुहुन्न
। गुफामा दिनदिनै चाहिने खानेकुरा सबै सातडाँडा पारिको जंगलबाट आउँछ
। बाघलाई बँदेल र मृगको मासु मनपर्छ, बघिनीलाई मजुर, कालिज र तित्राको
मासु चाहिन्छ अनि डमरुलाई कलिलो खरायोको मासु चाहिन्छ । अरु नोकरचाकरलाई
अर्नाको मासु भए पनि हुन्छ । बँदेल, मृग, खरायो र अर्ना गरेर सय वटा
चौपाया र पचास वटाजति मजुर, कालिज र तित्रा भए मनग्गे पुग्छ ।"
चितुवाले ती चौपाया र चराहरुको साथै अरु चाहिने
कुरा पठाउने काम सातडाँडा पारिको जंगलको कुन होटलले पठाउँछ भन्ने ठेगाना
पनि बताइदियो । "खाने कुरा पकाउन पनि त्यही होटलले भान्छे पठाउँछ
। चौरमा टाँग्ने पाल, सोफा र टेबुलहरु पनि होटलले नै पठाइदिन्छ । तिमीहरुले
केही पनि गर्नुपर्दैन, केवल होटलको बिल तिरिदिए पुग्छ । उहिले त बाघ
आफैले शिकार खेल्न जानु पथ्र्यो । अरुले मारेको कुरा बाघले खान पनि
खानुहँुदैनथ्यो । तर अहिले त साह्रै सजिलो भएको छ ।"
"ओ हो निक्कै सजिलो पो रहेछ त बाघलाई भोज
ख्वाउन । बिल तिरिदिए मात्रै पुग्ने रहेछ । आफूले केही पनि गर्नैपर्ने
हरेनछ ।" चितुवाको कुरा सकिएपछि गैँडा दम्पतीले लामो सास फर्ेदै
भने ।
गैँडाले बाघको सत्कारमा भोज ख्वाउन लागेको खबर
बनमा डढेलोझैँ फैलियो । सबै पशुपंछीले अचम्म माने । धेरैले पत्याएनन्
। घाँस खानेले शिकार खानेलाई कस्तो भोज ख्वाउने होला ! त्यसमाथि बाघ
र गैँडा त पुस्तैनी बैरीहरु हुन् । उनीहरुको बीचको योे मेलको उद्देश्य
र परिणाम के होला भनेर धेरै सशंकित भए ।
केही दिनपछि बनको माझको ठूलो चौरमा पाल टाँगेर
भोजको आयोजना भयो । गैँडाले बाघ परिवार अनि सबै नोकर चाकरहरुलाई निम्त्यायो
। सातडाँडा परिको बनको होटलले राम्रो इन्तिजाम गरेको थियो । दिनभरि
चौरमा खानपिन गरेर तृप्त भएपछि साँझपख बाघ, बघिनी, डमरु र चितुवा,
स्याल, ब्वाँसो आदि नोकरचाकरहरु ठूलोठूलो स्वरले डकार्डर्ैैाघको गुफातिर
लागे । बिदा हुने बेलामा बाघले गैँडालाई सम्मान स्वरुप बनबाहु नामक
पदवी दिए ।
भोज सकिएपछि होटलले गैँडासँग भोज र सबै सेवाको
पैसा माग्यो । पैसाको रकम सुनेर गैँडा अत्तालिएर झण्डै मर्ुछा परेन
। गैँडा परिवारले चर्ने गरेको सम्पर्ूण्ा चौर बेचेर पनि त्योे रकम
तिर्न पुग्दैनथ्यो । गैँडाले होटलसँग एक साताको म्याद माग्यो ।
बाघको शरणमा नगई होटलको ऋण तिर्नु संभव थिएन ।
बाघले गैँडाप्रति सहानुभूति देखाउँदै भन्यो, "किन यति घेरै खर्च
गरेर भोज ख्वाउनुपर्थ्याे ! जे हुनु भइहाल्यो । होटलको ऋण तिर्न मैले
सकेको मदत गरुँला । होटलवालालाई म भनिदिउँला । थोरैथोरै गरेर किस्ताबन्दीमा
तिर्न उसलाई मनाउँला । हुँदैन -"
गैँडासँग किस्ताबन्दीमा थोरैथोरै तिर्ने पैसा
पनि थिएन । उसको आम्दानीको कुनै बाटै थिएन । उसले बाघलाई आफ्नो वाध्यता
सुनायो ।
गैँडाको कुरा सुनेर बाघले मुुसुक्क हाँस्दै भन्यो,
"त्यसो भए आम्दानी हुने एउटा काम गर्नसकिन्छ ।"
बाघले आम्दानीको के उपाय बताउला भनेर सुन्न गैँडा
उत्सुक भयो । बाघले भन्यो, "अहिले हाम्रो बनबाट पनि केही पशुहरु
विदेशमा काम गर्न गएका छन् । विदेशमा काम गरेर उनीहरुले निक्कै कमाएर
यहाँ पठाइ पनि रहेका छन् । तिमी पनि सपरिवार विदेश जान्छौ कि त -"
विदेशमा गएर काम गरेर कमाउने कुरा गैँडाले कहिल्यै
सुनेको थिएन । बनको हरियो घाँस खाएर दिन गुजारिरहेको गैँडाले केही
पनि काम जानेको थिएन । उसले बाघसँग सोध्यो, "हामीजस्तो अल्छीले
गर्ने काम कस्तो होला - कति कमाइन्छ होला -"
"विदेशमा गएर केही गर्नुपदर्ैर्ैै। त्यहाँ
पनि बसीबसी खाने नै हो । तिमीलाई एकदम सुहाउने काम छ । हाम्रो जंगलमा
पाइने तिमीहरुको जातको एकसिंगे गैँडा अरु कुनै पनि जंगलमा पाइन्न ।
यसैले विदेशमा हाम्रो जगलको गैँडाको निक्कै ठूलो माग छ । तिमीहरु पूरै
परिवार विदेशको प्राकृतिक संग्रहालयमा गएर काम गर्नथाल्यौ भने सातडाँडा
परिको होटल नै किन्नसकिने पैसा कमाउने छौ ।"
बाघको कुरा सुनेर गैँडा रनभुल्लमा पर्यो । आफू
जन्मेको, हर्ुर्केको, खेलेको प्यारो बन कसरी छाडेर जाने होला भन्ने
विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा नयाँनयाँ ठाउँ
हर्ेन पाइने, कमाउन पनि पाइने र ऋण पनि तिरिने विचारले ऊ मख्ख पनि
पर्यो ।
बाघको कृपाले अहिले गैँडा परिवारको चारै जना बेलायतको
चिडियाखानामा जीवन गुजारिरहेका छन् । चिडियाखानाले पठाएको रकमले बाघ
परिवारले सातडाँडा परिको जंगलको होटलको सत्कार र मेजमानीको मोज गरिरहेको
छ ।
-शब्द-संयोजन साहित्यिक मासिक, वर्ष१, अंक १ २०६१
बैशाखमा प्रकाशित)
Back |