|
Children's Stories (Nepali)
आत्मघाती मौरी
माधे संक्रान्तिको दिन थियो । कुसुम र रेसम घाममा
बसेर तिलको लड्डु, ध्युचाकु, तरुल, सकरकन्द खाँदै थिए । अचानक एउटा
मौरी भुनभुन गर्दै खानेकुरामाथि उडन थाल्यो । कुसुमले हात झट्कारेर
मौरीलाई धपाउन खोजिन् ।
"ऐय्या" भन्दै कुसुमले हत्केला समातिन्
र रुन थालिन् । मौरीले उनको हत्केलामा चिलेछ ।
कुसुम रोएको सुनेर आमा के भयो - भन्दै हर्ेन आइन्
। कुसुमको हत्केलामा मौरीले चिलेको ठाउँमा मौरीको खिल बाकी रहेछ ।
आमाले हत्केलामा गडेको खिल निकालिन् ।
एउटा मौरी हाम्रो खाने कुरा खान आएको थियो । कुसुमले
हातले धपाउन खोज्दा टोकेजस्तो छ । रेसमले आमालाई भनिन् ।
एउटा मौरी घाइते भएर भर्ुइँमा छटपटाइरहेको थियो
। मौरीलाई देखेर कुसुम रुन छाडिन् । एक छिनपछि त्यो मौरी मर्यो ।
"मौरी किन आफै मरेको आमा -ू रेसमले जान्न
खोजिन् ।
आमाले भनिन्, "जीवजन्तुसँग शत्रुबाट जोगिनका
लागि कसैसँग सिङ हुन्छ, कसैसँग विष हुन्छ, त कसैसँग केही अंग हुन्छ
। जस्तै गुलाफको फूल टिप्न खोज्यो भने काँढाले घोच्छ । र्सपलाई चलायो
भने त्यसले टोक्छ । त्यसको दाँतमा विष हुन्छ । बिच्छीको पुच्छरमा डस्ने
काँढा र विष हुन्छ । त्यस्तै अरिँगाल, बारुला र मौरीको पुच्छरमा तिखो
सियोजस्तो अंग हुन्छ जसलाई खिल भनिन्छ । कसैले मौरीलाई जिस्क्यायो
वा मार्न खोज्यो भने त्यसले शत्रुको जिउमा खिल गाडिदिन्छ र त्यो खिल
त्यसको पुच्छरबाट छुट्टएिर शत्रुको जिउमा गडछ । तर खिल छुट्टएिपछि
मौरी मर्छ ।"
"तर र्सप, विच्छीले टोक्दा त तिनीहरु मर्दैनन्
नि आमा ! किन मौरीले चिल्दा मौरी मरेको -" कुसुमले जान्न खोजिन्
।
आप\mनो स्वतन्त्र राज्य पुनर्स्थापना गर्न खोज्ने
प्यालेस्टिनी, बेग्लै राज्य स्थापना गर्नखोज्ने श्रीलंकाका तमिलहरु
आफ्नो जिउभरि बम, गोला आदि विस्फोटक हतियार बाँधेर शत्रुलाई पनि मार्छन्
र आफू पनि मर्छन् । तिनीहरुलाई आत्मघाती लडाकूहरु हुन्छन् भन्ने रेसमले
सुनेकी थिइन् । यसैले उनले भनिन्, "मौरीहरु आत्मघाती लडाकूहरु
होलान् नि त !"
तर मौरीजस्तो मेहनती जीवले किन आप\mनो रक्षा गर्नखोज्दा
आफै मर्नु परेको होला भन्ने कुसुमको खुल्दुली मेटिएन । हुन पनि हो,
मौरीले दिनभरि मेहनत गर्छ । दिनभरिमा हजारौँ फूलहरु चहारेर मिठो, गुलियो,
पोसिलो र गुनिलो मह बनाउँछ । मानिसले मौरी पाल्छ र बदलामा मौरीको घारबाट
टपटप मह चुहुने चाका झिक्छ । र्सप र विच्छीले झैँ मौरीले अरुलाई तर्सर्ााे,
दुःख दिने वा डसेर मार्ने काम गर्दैन । तैपनि मौरीले आप\mनो रक्षा
गर्नखोज्दा उल्टै ज्यान गुमाउनु पर्ने किन - आफ्नो सन्तानको लागि संगालेको
मह जोगाउनु तिनीहरुको अधिकार होइन र - यो त मौरीमाथि अन्याय भएन र
-
उनको कुरा सुनेर आमा खै कुन्नी भन्दै भान्छातिर
लागिन् । जाडोको बिदा सकिएपछि स्कुलमा गएर यो कुरा पत्ता लगाउनु पर्ला
भनेर कुसुमले चित्त बुझाइन् ।
Back |