|
Children's Stories (Nepali)
अटेरी घडीहरु
राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक
ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको
घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले
उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा मिल्काइसक्थे
हेालान् वा कवाडीलाई बेचिसक्थे कि ।
तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक
रात बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि घडीहरुको
मिटिङ सुरु हुन्थ्यो । त्यो घरमा भएका सबै घडीहरुले अनिवार्य रुपमा
मिटिङमा भाग लिन्थे ।
घरमा भाँतीभाँतीका घडीहरु थिए । कुनै युरोपमा
बनेका, कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए । धेरैजसो घडीहरु घरबेटीका
छोराछोरीको जन्म दिनमा साथीहरुले उपहार दिएका सस्ता खालका थिए । कुनै
घडी पन्ध्रपन्ध्र मिनेटमा कराउँथे, कुनै आधा घण्टामा अनि धरैजसो घडीहरु
हरेक घण्टा मिठो स्वरले समय बताउँथे । केही घडीहरु लाटाजस्ता बोल्दै
नबोल्ने पनि थिए । कुनै घडी दम दिएर चल्थे भने धेरैजसो घडीहरु बेटूीले
चल्थे । पेण्डुलम भएको घडी एउटामात्रै थियो ।
विभिन्न खालका घडीहरुमध्ये दम दिएर चल्ने र युरोपमा
बनेका घडीहरुको बेग्लै सान थियो । तिनीहरु कोही स्विट्जरलैण्ड त कोही
इंग्लैडमा जन्मेकोमा गर्व गर्थे र अरुसँग बोल्दा इज्जत घटेको ठान्थे
। तर बेटूीले चल्ने नयाँ घडीहरु भने ती उच्च कुलमा जन्मेको भनी घमण्ड
गर्ने घडीहरुलाई टर्ेर्दैनथे । उनीहरुले भनेको कुरा काट्न पाउँदा उनीहरुलाई
मज्जा आउँथ्यो ।
त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो । त्यसको
भित्र पनि एउटा घडी थियो । घडीकै अनुसार त्यो रोबोट चल्ने गथ्र्यो
। तर त्यसको अनुहारमा सुइ वा अक्षरहरु नभएको हुनाले अरु घडीहरुले त्यसलाई
घडी नै ठान्दैन थे । त्यसैले उसलाई रातीको मिटिङमा बोलाउँदैनथे । तैपनि
ऊ घडीहरुको मिटिङमा भाग लिने गथ्र्यो । खास गरी बूढो पेण्डुलम घडीको
कुरा सुन्दा उसलाई बडो मज्जा आउँथ्यो । अब कति दिन सुन्न पाइएला र
उसको कुरा - यसैले बेलैमा सुनिराख्नु पर्छ भन्ने ऊ सोच्थ्यो ।
मिटिंगमा छलफलको विषय सँधैजसो उही हुन्थ्यो ।
पाका घडीहरुले आआप\mनो अनुभव सुनाउँथे । खास गरी बूढो पेण्डुलम घडीको
अनुभव निकै पुरानो र रोचक हुन्थ्यो । उसको कुरा जहिले पनि "म
बीर शम्शेरको दरबारमा छँदा" भन्ने वाक्यबाट सुरु हुन्थ्यो । नेपालमा
घण्टाघर बनाउँदा नमुनाको रुपमा ऊ नेपाल आएको हो भन्ने उसको दाबी थियो
। तर अरु घडीहरुले उसको कुरा पत्याउँदैन थे । तैपनि उसले यो कुरा भन्न
कहिल्यै छाडदैनथ्यो । राणा दरबारभित्र हुने रोचक तथा सनसनीपर्ूण्ा
घटनाहरु सुनाउन पाउँदा उसलाई आनन्द लाग्थ्यो । त्यस्तै अरु घडीहरुले
पनि उहिलेका कुरा सुनाउँथे । तर बेटूीले चल्ने आधुनिक घडीहरुसँग त्यति
धेरै अनुभव थिएन । उनीहरुसँग रमाइला कुरा पनि थिएन । यसैले तिनीहरु
उहिलेका कुरा खुइलिए भनेर बूढाहरुको कुरालाई उडाउँथे ।
मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन । ठिटा घडीहरुले
अनुशासनको पालन उतिसाह्रै गर्दैनथे । बूढा घडीहरुको भनाइ के थियो भने
घडीको मुख्य र एकमात्र काम नै मानिसलाई समयको जानकारी गराउनु हो ।
यदि त्यो कर्तव्य पूरा गर्न सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ
हुँदैन । तर तन्नेरी घडीहरु भने समय दिनेमात्रै हाम्रो काम होइन, मिठो
संगीत सुनाउनु र राम्रो भएर कोठा सजाउनु पनि घडीको काम हो भन्थे ।
घडीहरुको मिटिङमा यो विषयमा निक्कै चर्काचर्की छलफल हुन्थ्यो । यदि
मिठो संगीत सुनाउने र कोठा सजाउने काममात्रै गरेर ठिक समय दिनसकेन
भने घरपटीले त्यस्तो घडीलाई घुर्यानमा मिल्काउनसक्छ भनेर बूढा घडीहरुले
ठिटा घडीहरुलाई कहिले सम्झाउँथे, त कहिले तर्सर्ााथे ।
मिटिङमा कसैले वास्ता नगर्ने रोबोटको गुनासो बेग्लै
थियो । समय पालनमा उसलाई कसैले पनि उछिन्नसक्तैनथ्यो । उसलाई पनि घडी
मानेर अरुसमान व्यवहार गरिनर्ुपर्छ भन्ने उसको दाबी थियो । उसको के
पनि भनाइ थियो भने यदि कुनै पनि घडी बिग्य्रो भने उसले मरमत गर्नसक्छ
। तर बूढो पेण्डुलम घडी विग्य्रो भने बनाउन सकिन्छ भन्ने कुरामा रोबोट
आफैलाई विश्वास थिएन ।
रातभरि करायो दक्षिणा हरायो भनेझैँ ठिटा घडीहरुले
मिटिङका कुरालाई पालन गर्ने त के कुरा गंभीरतापर्ूवक पनि लिएनन् ।
पुरानो घडीहरुलाई नयाँ घडीहरुले टर्ेर्दैटेरेनन् । उनीहरु मौकाबेमौका
बज्न र कराउन छाडेनन् ।
यसरी घडीहरुले फरकफरक र गलत समय बताउन थालेपछि
घरको काम गडबड हुनथाल्यो । खास गरी भान्छेले बेलामा भान्छा तयार पार्न
सकेन । बेलामा खाना नपाके पछि विद्यार्थीहरु ठिक समयमा स्कुल जान पाएनन्
। छोरा बुहारीहरु बेलामा अफिस र अरु काममा जान पाएनन् । शान्त स्वभावका
घरबेटी र उनकी पत्नीको आराम गर्ने, औषधी र खाना खाने अनि लेखपढ गर्नेे
समय पनि गडबड भयो । बेलामा खाना, औषधी र आराम नपाएपछि उनीहरु बिरामी
पर्न थाले ।
अटेरी घडीहरुले यसरी हैरान पारेपछि एक दिन घरबेटीले
पुरानो पेण्डुलम घडीलाई बाकी राखेर अरु सबै घडी झिकेर बुइँगलमा थन्क्याइदियो
।
राती बाह्र बज्यो । बूढो पेण्डुलम घडीले बाह्र
पल्ट खोक्यो र अरु घडीलाई मिटिङमा भाग लिन बोलायो । तर त्यो दिन कुनै
पनि घडीले मिटिङमा भाग लिएनन् । एक्लो रोबोटमात्रै बूढो घडीको नजिक
उभियो । बूढो घडीले सोध्यो, "अरु घडी कहाँ गए -"
"आज त घरबेटी रिसाएर सबैलाई बुइँगलमा राखिदिए
। सबैको बेटूी र चाँपी पनि झिकिदिएका छन् । कोही पनि चुँ बोल्न नसक्ने
भएका छन् ।" रोबोटले बडो दुःख मनाउ गर्दै भन्यो ।
"मैले त भनेकै हुँ । यसरी अटेरी नहोऊ भनेर
कति सम्झाएँ । मानेनन् । आखिर यो दिन पनि देख्नुपर्यो म बूढोले ।
यसरी म एक्लै बाँच्नसक्तिन होला । तिमी त रोबोट हौ केही उपाय गर्नसक्छौ
कि -"
बूढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि
पग्ल्यो । तै पनि उसले भन्यो, "खै ती बैगुनीहरुको पनि के भलो
गर्ने - मलाई कहिल्यै घडी नै ठान्दैनन् तिनीहरु ।"
रोबोटसँग निहोरा गर्दै बूढो घडीले भन्यो, "त्यसो
नभन रोबोट । बैगुनलाई गुनले मार्नुपर्छ । बरु अब उप्रान्त अनुशासनमा
बस्छु भनेर कबुल्याएर उनीहरुलाई जीवन दान देऊ ।"
रोबोट बुइँगलमा गयो । उसले त्यहाँ थुप्रिएका घडीहरुलाई
हेर्यो । ती घडीहरु मरेका गंगटाका खपटाझैँ भुइँमा फैलिएका थिए । रोबोटले
सबैले सुन्ने गरी भन्यो, "तिमीहरु नभएर पेण्डुलम घडी साह्रै पिरोलिएका
छन् । उनले तिमीहरुको हालचाल बुझ्न र सकिन्छ भने सबैलाई व्युँताउन
उनले मलाई पठाएका हुन् । हुन त तिमीहरुले मलाई घडी नै ठान्दैनौ । तर
पेण्डुलम घडीको कुरा काट्न नसकेर म यहाँ आएको हुँ । यदि तिमीहरुले
मलाई पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा गर्र्छौ भने
म तिमीहरु सबैलाई ब्युँताउनसक्छु ।"
रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरुको
अनुहार चहकिलो भयो । तिनीहरुले रोबोटसँग माफी मागे र अब उप्रान्त उसलाई
पनि आफूसरह ठान्ने अनि पेण्डुलम घडीको आदेश पालन गर्ने बाचा गरे ।
राबोटले पनि निस्त्रिmय भएका घडीहरुमध्ये कुनैमा
बेट्ी राखेर अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो । उसले ती
घडीहरुलाई तिनको पुरानै ठाउँमा सजाएर राखिदियो ।
भोलि बिहान ६ बज्दा सबै घडीले एकै समयमा एकै सुरमा
मिठो संगीत बजाएको सुनेर घरपटी छक्क र दंग भयो । उसले रेडियो खोलेर
६ बजेको समाचार सुन्यो । सात बजे बुहारी भान्छामा पसिन् । केटाकेटीहरु
स्कुल जान तयार भएर भान्सामा खाजा खान पस्दा सबै घडीले एकै सुर र संगीतमा
नौ बजाएर केटाकेटीको स्वागत गरे । सबै घडीले एकै सुरमा मिठो धुन बजाउँदा
बूढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो ।
Back |